site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
गुण्डुका किसानले बेचे तीन करोडको फूल र माला
काठमाडौंको इचंगुमा गरिएको फूलखेती ।
Siddhartha BankSiddhartha Bank

भक्तपुर । फूलखेतीका लागि प्रसिद्ध भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डुका किसानले तिहारमा फूल र माला बिक्री गरी तीन करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।

यहाँका किसानले व्यावसायिक रूपमा पाँच रोपनी क्षेत्रफलसम्म फूलखेती गरिरहेका छन् । प्रत्येक किसानले वार्षिक रूपमा न्यूनतम ५०० देखि १० हजारवटासम्म माला बिक्री गर्दै आएका छन् । वडाध्यक्ष रवीन्द्र सापकोटाले तिहारअघि मात्र तीन करोड रुपैयाँबराबरको माला बिक्री भइसकेको जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

गत वर्ष तीन हजार माला बिक्री गरेकी पार्वती नगरकोटीले यस वर्ष भने पाँच हजार माला बिक्री गर्ने बताइन् । नगरकोटीले एक रोपनीमा फूलखेती गरिरहेकी छन् । किसानले माला प्रतिगोटा २५ देखि ३५ रुपैयाँमा बिक्री गर्छन् ।

अर्की किसान पवित्रा बस्नेतले यस वर्ष फूल र मालाको माग गत वर्षको तुलनामा धेरै भएको बताइन् । एक रोपनी जग्गामा फूलखेती गरेकी उनी यस वर्ष करिब १२ सयवटासम्म माला बिक्री गर्ने योजनामा छिन् ।

Global Ime bank

गुण्डुका किसानले प्रत्येक वर्षको फागुनमा नर्सरी राखेर चैतको अन्तिममा मकै र भटमाससँगै मखमली फूल रोप्दै आएका छन् । “मकै र भटमाससँगै चैतको अन्तिममा लगाएको फूल साउनको पहिलो साताबाट टिप्न सुरु हुन्छ,” किसान मेनुका नगरकोटीले भनिन् ।

स्थानीय बासिन्दाले मात्र नभई जग्गा भाडामा लिएर फूलखेती गर्नेहरू पनि थपिएपछि यहाँ फूल उत्पादन बढेको छ । सूर्यविनायक नगरपालिकाले वडा कार्यालयमार्फत फूलखेती गर्ने किसानलाई यस वर्ष ६० हजार फूलका बेर्ना वितरण गरेपछि सयपत्री फूलतर्फ पनि यहाँका बासिन्दा आकर्षित भएका हुन् ।

चाँगुनारायण नगरपालिका–९, ताथलीका वनमाला टोलका बासिन्दालाई पनि माला गाँस्न र बजारमा लैजान भ्याइनभ्याइ छ । फूलखेतीको पुर्ख्यौली पेसा अंगालेका किसान श्याम बनमालाले फूलखेतीबाट चित्तबुझ्दो कमाइ भइरहेको बताए ।

विगत १० वर्षदेखि मखमली फूलको खेती गर्दै आएकी स्थानीय शोभा बाला यहाँ दुई आना जग्गामा फूलखेती गर्नेले पनि एउटा मौसममा ३० हजार रुपैयाँ कमाउने गरेको बताउँछिन् । राम्रोसँग फूलखेती गर्न सके एक रोपनी जग्गामा ७० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने उनको भनाइ छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  ११:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement