देश
दाङ । बबई नदीमा डुबेर शनिबार दुई बालिका बेपत्ता भएका छन् ।
दाङको दंगीशरण गाउँपालिका–२ की अन्दाजी १४ वर्षीया रमा शाह र सल्यानकी १५ वर्षीया गोमा चन्द बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । सल्यानकी चन्द आफन्तको घरमा पाहुना आएकी हुन् ।
तुलसीपुर उपमहानगरपालिका–११, बेलटाकुरा र दंगीशरण–२, गोलटाकुरीमा पर्ने सिमलकुना घाटनजिकै नहाउन गएका तीनमध्ये एकजनाले भने पौडिएर ज्यान जोगाउन सफल भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।
दिउँसो १ बजेतिर नुहाउन गएका तीनमध्ये दुईजना बगेको र हालसम्म अवस्था अज्ञात रहेको उनले बताए । उनीहरूको खोजीकार्य जारी छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९ १७:०८
प्रतिक्रिया दिनुहोस्