site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
राजेन्द्र महतो जितेको धनुषा ३ मा अनिल झाको अवस्था कस्तो ?
SkywellSkywell

जनकपुरधाम । मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उमेदवारहरू प्रचारप्रसारमा व्यस्त छन् । प्रदेश २ मा धनुषा ३ लाई बढी चासोका साथ हेरिएको छ । जहाँ प्रतिनिधिसभा सदस्यका लागि २१ स्वतन्त्रसहित ३१ जनाले उमेदवारी दिएका छन् । तर, गठबन्धनका दुई उमेदवार बढी चर्चामा छन् । 

सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिल झा उमेदवार छन् भने नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) को गठबन्धनबाट एमालेकी जुली महतो उमेदवार छन् । दुवैजना संघीय मन्त्री भइसकेका छन् ।

यसअघि यहाँ तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट राजेन्द्र महतो नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गर्दै विजयी भएका थिए । तर, यसपटक नेता महतोले क्षेत्र परिर्वतन गरेका छन् । उनले आफ्नो ठाउँमा झालाई पठाएका छन् ।

KFC Island Ad
NIC Asia

त्यतिबेलाका महतोका निकटतम प्रतिद्वन्द्वी निधि पनि यसपटक प्रत्यक्ष निर्वाचनमा छैनन् । उनी नेपाली कांग्रेसको समानुपाति सूचीमा छन् । 

विश्लेषक डा. सोहन साह आफू निर्वाचित भएको ठाउँमा महतोले झालाई पठाएकोप्रति शंका व्यक्त गर्छन् । साहको शंकालाई एमालेको नाराले पनि पुष्टि गर्छ । एमालेका सर्मथकहरूले यतिबेला 'पर्यटक उमेदवार' हराउनुपर्ने नारा लगाइरहेका छन् ।

"उमेदवारी दर्ता हुनुभन्दा पहिले राजेन्द्र महतोले ऋण उतार्न यसपटक यो क्षेत्रमा फिक्सिङ गर्न सक्छन् भनेर सुनिन्थ्यो," उनले भने, "महतोको उमेदवारी नपर्दा कता–कता जनतालाई त्यो कुरा सत्य लाग्न थालेको छ ।"

झालाई गठबन्धनकै भर

झाले गठबन्धनको भरमा चुनावमा छन् । एकातिर उनलाई गठबन्धनकै भर छ भने अर्कोतिर गठबन्धनकै डर पनि । मुख्यत: गठबन्धनको नेतृत्व गरिरहेका कांग्रेसको मत पाए लोसपा नेता झा र एमाले नेतृ महतोबीच कडा प्रतिस्पर्धा हुने सम्भावना छ ।

तर, यसअघि स्थानीय निर्वाचनअन्तर्गत जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसले गठबन्धनको उमेदवारसँग गरेको अन्तरघातले लोसपा ‘डेन्जर जोन’मा रहेको डा. सोहनको विश्लेषण छ । यद्यपि कांग्रेस नेता निधि स्वयम् जनकपुरधाम आएर गठबन्धनका उमेदवारका लागि मत मागिरहेका छन् । 

विश्लेषक साहका अनुसार मधेसवादी दलहरूले जहिले पनि पहिचानको मुद्दासहित आन्दोलनको रापताममा चुनावमा होमिँदा राम्रो स्थान ल्याएका छन् । तर, यसपटक त्यो अवस्था छैन ।

"यसपटक मधेसको दुई तीन ठाउँबाट गलत सन्देश जान सक्छ । मधेस विरोधी भनेर प्रचार गरिएको दलसँग मधेशवादी दल चुनावी तालमेल गर्नु र मधेसको अधार स्तम्भ रहेको ठाउँमा एमालेलाई रातो कार्पेटमा स्वागत गर्नुले मधेसको बारेमा नराम्रो सन्देश जान सक्छ," उनले भने, "कतिपय ठाउँमा मधेसवादी दलका नेताहरूले व्यक्तिगत स्वार्थका कारण म्याच फिक्सिङजस्तै गरेका छन् ।"

अनिल झाले गठबन्धनबाट ६० प्रतिशतभन्दा तल नै मत पाउने उनको अनुमान छ । 

"कांग्रेसले सधैँ गठबन्धनसँग विश्वासघात गर्दै आएको छ । त्यो नौलो कुरा होइन । धनुषा ३ मा अनलि झाले पाँच दलीय गठबन्धनबाट ६० देखि ७० प्रतिशतसम्मको मत ल्याउन सक्छन्," उनले भने, "बरु जातिगत मत बढी पाउन सक्छन् ।"

स्थानीय निर्वाचनमा दलहरूले पाएको मत केलाउँदा यस क्षेत्रमा कांग्रेस ठुलो दल छ । यहाँ ४१ वटा वडा छन् । १८ वटा वडामा कांग्रेस विजयी भएको छ । एमाले दस र जसपा पाँच वडामा निर्वाचित भएको छ ।

स्थानीय तहमा कमजोर देखिएको लोसपालाई गठबन्धनभित्र कांग्रेसको मत नपाए प्रतिस्पर्धामा पनि नआउने बताइन्छ ।

वडाध्यक्षहरूले पाएको कुल मत हेर्दा कांग्रेस शक्तिशाली देखिन्छ । कांग्रेसले स्थानीय निर्वाचनमा २३ हजार ३४९ मत ल्याएर पहिलो र १६ हजार १८९ मत ल्याएर एमाले दोस्रो नम्बरमा छन् । तर, पाँच दलीय गठबन्धनबाट उमेदवार उठाएको लोसपाले आठ हजार ४९० मत मा पाएको छ ।

यहाँ जसपाको ८ हजार २४३ मत छ । त्यस क्षेत्रमा एकीकृत समाजवादीका वडाध्यक्षका उमेदवारहरूले तीन हजार २८३ मत पाउँदा माओवादी केन्द्रका वडाध्यक्षहरूले ६५६ मात्रै पाए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  २१:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro