site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राजेन्द्र पाण्डेको प्रश्न : एकीकृत समाजवादीको कार्यालयमा किन सुरक्षाकर्मी राखिएन ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपनेता राजेन्द्रप्रसाद पाण्डेले राजावादी आन्दोलनका बेला आफ्नो पार्टी कार्यालयमा सुरक्षाकर्मी नराखिएको भन्दै आपत्ति जनाएका छन् । 

“एमाले कार्यालयमा एक ट्रक, कांग्रेस कार्यालयमा एक ट्रक सुरक्षाकर्मी राखियो । माओवादीको कार्यालयमा पनि सुरक्षाकर्मी देखियो,” संसद्को राज्य व्यवस्था समितिमा बोल्दै उनले प्रश्न गरे, “त्यति नजिकैको कार्यालयमा किन सुरक्षाकर्मी राखिएन ?”
 
अध्यक्ष माधव नेपालसहितले पटक–पटक  प्रहरी महानिरीक्षक (आईजी)लाई फोन गर्दा पनि जानकारी गराएको ४५ मिनेटसम्म प्रहरी नगएको उनले बताए । 

Argakhachi Cement Island Ad

उनले भने, “आईजीले जे जे कुरा गरे पनि लापरबाही हो । (हामी) राजावादीलाई खबरदारी गरिरहेका थियाौँ, उता कार्यालय जलाइयो ।”

यसअघि कांग्रेस सांसद हृदयराम थानीले तीनकुने घटनाको निष्पक्ष छानबिनका निम्ति समिति बनाउनैपर्ने बताएका थिए । 

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १४:४९
प्रतिक्रिया दिनुहोस्