site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राप्रपा सांसद भन्छन्– प्रसाईंलाई कमान्डर तोक्नु गलत हो, ०१७ सालजस्तो बोल्ने बौलाहा हो
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद बुद्धिमान तामाङले राजवादी आन्दोलनको कमान्डर दुर्गा प्रसाईंलाई तोकेर गलत गरिएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद तामाङले राजतन्त्रलाई 'भूत' भन्ने गरिएकोप्रति आपत्तिसमेत जनाए ।

“राजालाई किन भूत देख्नुहुन्छ ? मेरो छोराछोरीलाई पनि म नमरेसम्म विरोध नगर भन्ने मान्छे हो । दुर्गा प्रसााईंलाई कमान्डर तोक्ने गतल कुरा हो, हुन सक्दैन,” सांसद तामाङले भने, “२०१७ सालको जस्तो राजतन्त्रको कुरा बोल्ने बौलाहा हो ।”

नेपालको संविधान गीता, बाइबल र त्रिपिटकजस्तो नभएकाले संशोधन गर्न सकिने उनको भनाइ छ ।

सांसद तामाङले आफ्नो पार्टीका वरिष्ठ उपाध्यक्ष र महामन्त्रीलाई थुनामा राखिएकोमा आपत्तिसमेत जनाए । “गोली कति चल्यो ? वरिष्ठ उपाध्यक्ष  र महमन्त्रीलगायत थुनामा छन् । माननीयजस्तो मान्छेलाई हतकडी लगाएर लैजान मिल्छ ? रवीन्द्र मिश्रजस्तो मान्छे भााग्छ ?,” उनले प्रश्न गरे ।

बैठकमा गृहमन्त्री रमेश लेखक उपस्थित थिए । उनले यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनबारे समितिलाई जानकारी गराएका थिए । 

राजावादीको हिंसात्मक प्रदर्शनमा दुईजनाको मृत्यु भएको थियो । भिडलाई उक्साएको आरोपमा प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री तथा सांसद धवलशम्शेर जबरालाई पक्राउ गरी थुनामा राखेको छ ।

“सरकारको पहिलो काम जनताको जिउधनको सुरक्षा गर्ने हो । भिडलाई नियन्त्रण गर्ने कुरा छ । गोली चलाउने विधि अपनाएको पाइएन,” बैठकमा तामाङले भने, “मञ्चमा हुँदा नै टिएरग्यास हानेको भन्ने छ के हो ? भिडलाई पो तितरबितर पार्ने त । भाग्न पनि ठाउँ दिनुपर्छ । हिँडेको महर्जनलाई ताकेर हान्न ठिक हुन्छ ?”

उनले राजावादीको प्रशर्दनमा दुर्गा प्रसाईं आउनुअघि नै अश्रुग्यास चलाइएको बताए । घटनाबारे छानबिन गर्न न्यायिक समिति गठन गर्नुपर्ने उनको माग छ ।

राज्यले पूर्णरूपमा गल्ती गरेको उनले बताए । “न्यायिक छानबिन आयोग गठन गर्नुपर्छ,” उनले भने ।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १३:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro