राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनकेन्द्रित बहसमा आउन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई चुनौती दिएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले देउवालाई ‘लाइभ डिबेट’को चुनौती दिएका हुन् ।
सामाजिक सञ्जालमार्फत आफू र देउवाबीच एजेन्डामा आधारित बहसका लागि सुझाव आएको उनले उल्लेख गरेका छन् ।
“सामाजिक सञ्जालमा रहेका धेरै साथीहरूले ‘लाइभ डिबेट’मा आउन आग्रह गर्नुभएको छ । धेरैजसोले मेरो र नेकाँका सभापति शेरबहादुर देउवाजीबीच एजेन्डा आधारित बहसका लागि सुझाव दिनुभएको छ”, ओलीले लेखेका छन्, “निर्वाचनको समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि ?”
प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९ १४:४३
प्रतिक्रिया दिनुहोस्