site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
धनकुटामा हुँदैछ निवर्तमान सांसद पराजुली र श्रेष्ठबीच रोचक भिडन्त 
धनकुटा प्रदेशसभा (ख)मा नेकपा (एमाले)का उमेदवार इन्द्रमणि पराजुली (बायाँ), नेकपा (माओवादी केन्द्र)की उमेदवार कुसुमकुमारी श्रेष्ठ ।
Siddhartha BankSiddhartha Bank

धनकुटा । २०७४ सालको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा धनकुटा प्रदेशसभा (ख) मा तत्कालीन वामगठबन्धनको तर्फबाट उमेदवार नेकपा (एमाले)का नेता इन्द्रमणि पराजुली प्रत्यक्षतर्फ निर्वाचित हुँदै सांसद बने । त्यस्तै, नेकपा माओवादी केन्द्रको समानुपातिक कोटाबाट प्रदेशसभा सांसद बनेकी थिइन्, कुसुमकुमारी श्रेष्ठ । 

त्यतिबेला पराजुली निर्वाचित हुँदै गर्दा एमाले र माओवादीबीच वामगठबन्धन थियो । वामगठबन्धनको कारण इन्द्रमणिलाई चुनाव जित्न सहज भएको थियो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा धनकुटा प्रदेशसभा (ख)मा यी दुईबीच चुनावी भिडन्त हुँदैछ । भिडन्त रोचक हुने देखिएको छ । 

Agni Group
NIC Asia

लोकतान्त्रिक वामगठवन्धनको तर्फबाट उमेदवार बनेकी छिन्, माओवादी नेत्री श्रेष्ठ । उनलाई नेपाली कांग्रेस र एकीकृत समाजवादीको साथ छ । 

त्यस्तै एमाले नेता पराजुली दोस्रो पटक प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा छन् । उनी नेकपा एमाले धनकुटाको अध्यक्ष समेत हुन् । 

Global Ime bank

प्रदेशसभा (ख) मा पाख्रिवास नगरपालिका र महालक्ष्मी नगरपालिकासहित छथर जोरपाटी गाउँपालिका गरी तीन स्थानीय तह रहेका छन् । सहिदभूमि गाउँपालिकाको ४ र ५ वडा र धनकुटा नगरपालिकाको वडा नं. २ प्रदेश (ख) निर्वाचन क्षेत्रमा पर्दछ । 

गएको २०७४ सालको स्थानीय तह निर्वाचनमा तीनवटै पालिकामा एमालेले जीत हासिल गरेको थियो । पाख्रिवास नगरपालिकामा नगरप्रमुख, उपप्रमुखसहित सबै वडामा जित हासिल गरेर क्लीनस्वीप गरेको थियो ।

सहिदभूमि गाउँपालिकाको वडा नं. ४ र ५ पनि एमालेकै उमेदवार विजयी भएका थिए । छथर जोरपाटी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित ५ वडामा एमाले र १ वडामा माओवादीले जितेको थियो ।

त्यस्तै, महालक्ष्मी नगरपालिकामा पनि मेयर उपमेयरसहित अधिकांश वडामा पनि एमालेकै उमेदवारको वर्चश्व थियो । जसको कारण पनि इन्द्रमणिलाई चुनाव जित्न सहज बनेको थियो । 

तर २०७९ वैसाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम भने अघिल्लोभन्दा धेरै नै फरक छ ।

तीनवटै स्थानीय तह र अधिकांश वडामा गठबन्धनका उमेदवार विजयी भए । तीन स्थानीय तहको प्रमुख पदमा गठबन्धनका उमेदवार विजयी भएका छन् ।

प्रदेशसभा (ख) मा गठवन्धनको उपस्थिति बलियो देखिएको छ ।

गत प्रदेशसभामा इन्द्रमणि पराजुली न्याय प्रशासन तथा विधायन समितिका सभापति थिए भने अहिले उनका प्रतिद्वन्द्वी कुसुमकुमारी श्रेष्ठ संसदको लेखा समिति सदस्यको रूपमा थिइन् । 

अघिल्लो प्रदेशसभा निर्वाचनमा वामगठबन्धनको तर्फबाट उमेदवार बनेका उनले लोकतान्त्रिक गठबन्धनका उमेदवार जसपामा नेता अर्जुन थापालाई १२ हजार ४ सय २० मतान्तरले पराजित गरेका थिए । इन्द्रमणि २० हजार ५ सय ५१ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी थापाले ८ हजार २ सय ३१ मत ल्याएका थिए ।

नेकपा (एमाले)को तर्फबाट प्रदेशसभा ‘ख’का उमेदवार बनेका पराजुलीले धनकुटेली जनताले अघिल्लो पटक जिताएर पठाएका थिए, यो पटक पनि जिताएर पठाउने बताए । धनकुटालाई शिक्षा र स्वास्थ्यको हब बनाउने आफ्नो योजना रहेको उनको दाबी छ । 

यसपालिको निर्वाचनमा माओवादीका पोलिटब्यूरो सदस्य तथा धनकुटा इञ्चार्ज हेमराज भण्डारी पाटी परित्याग गर्दै प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उमेदवार बनेका छन् । पत्रकार सम्मेलन गरेरै अधिकांश माओवादी नेता कार्यकर्ताले सामूहिक राजीनामा दिँदै स्वतन्त्र उमेदवारलाई साथ दिएका छन् ।

तर, माओवादी नेत्री श्रेष्ठ भने धनकुटामा माओवादी पार्टी नरित्तिएको दाबी गर्छिन् । केही प्रभाव त परेकै छ तर माओवादीभित्र नेता कार्यकर्ताको बलियो उपस्थिति रहेको उनी बताउँछिन् ।

स्थानीय तहको निर्वाचनमा गठबन्धन बलियो रहेको कारण जितको आधार यही रहेको उनकाे भनाइ छ । “मैले समानुपातिक सांसद हुँदा पनि धेरै काम गरेको छु” उनले भनिन्, “अब प्रत्यक्ष सांसद जितेर काम गरेर देखाउनेछु ।”

नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि बालानन्द दाहालले प्रदेश सभा ‘ख’ मा बागी उमेदवारी दिएका छन् । उनलाई कांग्रेस धनकुटाले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  २०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय