विशेष
काठमाडौं । तिहार नजिकिएसँगै अहिले भक्तपुरका कुमालहरू तिहारको लागि माटाका भाँडा बनाउन व्यस्त छन् । दसैँ सकिएसँगै उनीहरु तिहारमा प्रयोग हुने माटोको पालाहरु बनाउन व्यस्त भएका हुन् ।
माटोको पाला र भाँडा बाह्रै महिना बिक्रि हुने भए पनि तिहारको समयमा भने बढी प्रयोगमा आउने भएकोले यो समय काम धेरै हुने गर्दछ ।
माटोको भाडा बनाउने भक्तपुरका कुमालहरूले आफ्नो पुख्र्यौली काम छाड्दै जान थालेका पनि देखिएको छ । आवश्यक माटोसहित जीविकोपार्जनमा कटिनाइ हुँदा अहिले उनीहरुले उक्त काम कम गर्दै गएका हुन् ।
तस्बिरहरु : अभिषेक महर्जन
प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९ ०८:३६
प्रतिक्रिया दिनुहोस्