site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
घाँटीमा घाउ भएको छ ? डेंगी भएको हुन सक्छ 

काठमाडौं । डेंगीका अधिकांश बिरामीमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकहरूले आग्रह गरेका छन् । डेंगी संक्रमितहरुको घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेको भन्दै शतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका हुन् । 

अल्का अस्पतालमा कार्यरत चिकित्सक डाक्टर रक्षा गौतमले डेंगी हुँदा भाइरल फ्लूमा हुने धेरै लक्षण मिल्ने बताइन् । डेंगी हुँदा घाँटी दुख्ने, आँखाको नानी दुख्ने, टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्नेजस्ता लक्षण बढी देखिने उनको भनाइ छ । 

डा. गौतमले पछिल्ला दिनहरुमा ९० प्रतिशत बिरामी डेंगीका रहेको जानकारी दिइन् । डेंगी, फ्लू र सामान्य रुघाखोकी, ज्वरोलगायतमा केही लक्षणहरू एक आपसमा मिल्ने भएकाले रोग विशेषका लक्षणहरूको पहिचान गरी शतर्क रहन पनि सुझाव दिइन् । डेंगी सरुवा रोग नभएकाले परिवारको सदस्यलाई डेंगी लाग्यो भन्दैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको भन्दै उनले ज्वरो घटेन भनेर चिकित्सकको सल्लाह बिना जथाभावी औषधि सेवन नगर्न पनि आग्रह गरिन् । 

डा. गौतमले यसवर्ष गत भदौ महिनादेखि धेरै उच्च तापक्रम (ज्वरो) भएका बिरामी आइरहेको र अस्पतालहरूमा डेंगीका बिरामीको चाप बढेको बताइन् । 

डा. गौतमले सबैले सामान्यतः सामान्य रुघाखोकी, डेंगी र कोरोनालाई केही हदसम्म भने छुट्याउन सकिने बताइन् । उनले सामान्य रुघाखोकी मात्रै भएको खण्डमा भाइरल ज्वरो, जो परिवारको कोही सदस्यलाई लागेपछि सबै सदस्यलाई सर्दै जाने बताइन् । भाइरल ज्वरोका बिरामीहरु पछिल्लो समय धेरै देखिन थालेको भन्दै स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह गरिन् । 

चिकित्सक डा. गौतमले फ्लूबाहेक बास्ना र स्वाद थाहा नपाएमा भने कोरोना संक्रमण हुनसक्ने भएकाले चिकित्सकको सल्लाह लिएर मात्रै औषधि सेवन गर्नुपर्नेमा जोड दिइन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro