site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हृदयका स्पन्दनहरू, जीवनी र मूल्याङ्कन : योगमाया र छप्पन भोग
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

हृदयका स्पन्दनहरू
(कवितासँग्रह : कवीन्द्र सिटौला ‘जिज्ञासु’)
आठराई, तेह्रथुमका कवीन्द्र सिटौला ‘जिज्ञासु’को पहिलो कविताकृति केही समयअघि सार्वजनिक भएको छ, ‘हृदयका स्पन्दनहरू’ । अमेरिकामा बसोबास गर्ने उनको सक्रियता कविता साहित्यमा रहँदै आएको छ ।

कृतिकार सिटौला आफ्नो भनाइमा लेख्छन्, “मैले तीस वर्षपहिले लेखेको जीवनको पहिलो कविताको पहिलो हरफले भन्छ, ‘जीवन फुल्नुपर्छ फूलजस्तो’ । कुन दर्शनको प्रभाव थियो अथवा त्यो थियो अन्तरमनको उदगार ! थाहा छैन, तर पहिलो कविताको यो पहिलो हरफले भनेजस्तै मेरो जीवनका हरेक कर्महरूमा आफू फुल्ने सम्भावनाको बीज देखिरहन्थेँ म ।...।”

प्राज्ञ प्रा. डा. हेमनाथ पौडेल किताबको भूमिकामा लेख्छन्, “कवीन्द्रका कविता सरल, सहज र अभिधेयार्थका हुनुका साथै विषयगत विविधतायुक्त पनि छन् । उनले प्रेमप्रणय, समाज, राजनीति, संस्कृति, प्रकृति, पर्यावरण, राष्ट्र, राष्ट्रियता, स्वाभिमान, स्वाधीनता, देशप्रेम एवम् मानवीय मूल्य र मान्यतालगायत विविध विषयलाई लिएर कविता लेखेका छन् ।...।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

कृतिकारलाई शुभकामना दिँदै कवि गोवद्र्धन पूजा लेख्छन्, “चिनारी लामो छैन, चिन्नुको कारण पनि अरू छैन— कविता, कविता अनि फेरि कविता ।”

कृतिमा ‘जीवन’देखि ‘सहिदलाई आह्वान !’ शीर्षकसम्म उनका ५२ कविताहरू संगृहीत छन् ।

Royal Enfield Island Ad

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रकाशनमा ल्याएको १७२+४ पृष्ठको यस कविताकृतिको मूल्य ३००– रुपैयाँ राखिएको छ ।

०००

जीवनी र मूल्याङ्कन : योगमाया
(वृत्तान्त : लेखनाथ भण्डारी)
पछिल्लो समय योगमायाको जीवनका विविध आयामहरू समेटेर कृतिहरू प्रकाशित भएका छन् । यसै क्रममा केही समयअघि प्रकाशनमा आएको योगमायाको बृहत् वृत्तान्त हो, लेखनाथ भण्डारीद्वारा लिखित ‘जीवन र मूल्याङ्कन : योगमाया’ ।

आफ्नो भनाइमा लेखक भण्डारी उल्लेख गर्छन्, “इतिहास र समाचार तत्कालीन समयमा जति प्राप्त हुन्छ, त्यो सार्वजनिक हुँदै जानेरहेछ । समय र खोज, अनुसन्धानको सीमा बढ्दै जाँदा थप तथ्यहरू प्राप्त हुँदै जान सक्छन् । तिनलाई हामीले थप्दै र सच्याउँदै जानुपर्छ । योगमाया र उनको विद्रोहको इतिहास पनि यस्तै एउटा शृंखलाको परिणाम हो । विगत तीन दशकयता यो इतिहासको अध्ययनका क्रममा प्राप्त भएका सामग्री, तिनका स्रोत र विश्लेषणहरूको यो एकीककृत दस्ताबेज हो ।...।”

यस पुस्तकमा धेरै व्यक्तिले योगमायाका बारेमा आफ्ना धारणा राखेका छन् । डा. गुणराज सुवेदी आफ्नो भनाइमा लेख्छन्, “भोजपुर जिल्लाको त्यो गाउँमा म जन्मेँ, हुर्केँ, भन्न सकिन्छ– जहाँ नेपाली समाजका शिक्षाका ज्योति बालागुरु षडानन्द अधिकारी र सामाजिक जागरणको अगुवा योगमाया न्यौपानेजस्ता आदर्श व्यक्तित्वहरूको पनि साधनास्थल हो । उहाँहरूले र हामीले खेलेको वन, पाखा र पानी पिएको मूल एउटै हो ।”

कृतिको पहिलो भागमा ‘इतिहासको उत्खननभित्र ओझेलमा परेको सत्य’ लेखक भण्डारीले लेखेका छन् । दोस्रो भागमा ‘दृष्टिकोण, विश्लेषण तथा मूल्याङ्कन’अन्तर्गत अनेक व्यक्तिहरूले योगमायाप्रतिको आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् । ७० भन्दा बढी व्यक्तिका विचार पुस्तकमा समावेश छ ।

तेस्रो भागमा अनुसूचीअन्तर्गत योगमायाका बारेमा लेखिएका रचनावली समावेश छ । चौथो भागमा विभिन्न दस्ताबेज राखिएको छ ।

लेखक तथा पत्रकार मोहन मैनाली लेख्छन्, “त्यति बेला उपलब्ध सीमित जानकारीका आधारमा मलाई के लाग्यो भने उनी स्थापित तर गलत मान्याताविरुद्ध लड्ने जोधाहा थिइन्, शोषणविरुद्ध सशक्त आवाज उठाउने र विकृति एवम् विसंगतिविरुद्ध जनता परिचालित गर्न सक्ने सामाजिक अभियन्ता थिइन् ।” (पृष्ठ १२५)

वैकल्पिक समूह, काठमाडौंका लागि डा. गुणराज सुवेदीद्वारा प्रकाशित ३३६+४ पृष्ठको यस पुस्तकको मूल्य ५००– रुपैयाँ राखिएको छ ।

०००

छप्पन भोग
(लघुकथासंग्रह : कुसुमप्रसाद शर्मा प्याकुरेल)
फुटकर रूपमा कविता, गीत, मुक्तक, कथा, लघुकथा लेख्दै आएका कुसुमप्रसाद शर्मा प्याकुरेलको पहिलो लघुकथासंग्रह प्रकाशित भएको छ, ‘छप्पन भोग’ ।

प्याकुरेलको यस कृतिको भूमिकामा सर्जक खेमराज पोखरेल लेख्छन्, “छप्पन भोगमा धेरै थरी कथानक छन् । याने कि विविध छन् । ती स्वादिला छन् । समाज परिवर्तनको संवाहक भएका छन् ।...।”

लेखक शर्मा आफ्नो लेखनीका बारेमा पुस्तकमा लेख्छन्, “वास्तवमा साहित्य सिर्जना मेरो आफ्नै क्षेत्रचाहिँ होइन, तर पनि कहिले रहरले त कहिले लहडले कथा, कविता लेख्दै जाँदा पछिल्ला दिनहरूमा लघुकथातर्फ नजानिँदो गरी आकर्षित भएँ ।...।”

कृतिको नाममा उल्लेख भएझैँ यस पुस्तकमा ५६ लघुकथा समेटिएको छ ।

लेखक स्वयंद्वारा प्रकाशित १२०+४ पृष्ठको पुस्तकको मूल्य २५०– रुपैयाँ राखिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  ०८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro