site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चिनियाँ राष्ट्रपति सीको आलोचना गर्ने अज्ञात प्रदर्शनकारीको प्रशंसा !
SkywellSkywell

बेइजिङ । चीनको राजधानी बेइजिङमा हालै राष्ट्रपति सी जिनपिङको समेत आलोचना गरी भएको नाटकीय विरोध प्रदर्शन गर्ने रहस्यमय व्यक्तिको अहिले अनलाइनमार्फत व्यापक खोजी भइरहेको छ । उनकाे कार्यको प्रशंसा पनि भइरहेकाे बीबीसीले जनाएकाे छ । 

ती अज्ञात प्रदर्शनकारीले बेइजिङको हाइदियान जिल्लाको सितोंग पुलमा सी र कोभिड–१९ सम्बन्धी कडा सुरक्षा नियमहरूविरुद्ध नारा लेखिएका दुई वटा ब्यानर टाँगेका थिए । ती ब्यानरमा उनले चीनको शून्य–कोभिड नीतिको विरोध गर्नुका साथै सीलाई अपदस्थ गर्न आह्वान गरेका थिए ।

Dabur Nepal
NIC Asia

बिहीबारकाे यस घटनासम्बन्धी तस्बिर र भिडियो फुटेज अनलाइनमा भाइरल भइरहेको अवस्थामा पनि सरकारी सञ्चार माध्यम मौन छन् । तर, अधिकांश चिनियाँले प्रयोग गर्ने विच्याट र अन्य सामाजिक सञ्जालमा ती सामग्रीमाथि तत्काल सेन्सर गरिएका छन् । 

चिनियाँ सत्तारूढ कम्युनिस्ट पार्टीको ऐतिहासिक तथा महत्वपूर्ण बैठक हुन लागेको बेला यो घटना भएकाे हो । उक्त बैठकले सीलाई पार्टीको अध्यक्षको रूपमा तेश्रो कार्यकाल प्रदान गरी उनलाई अझै शक्तिशाली बनाउने अपेक्षा गरिएको छ । 

ती प्रदर्शनकारीले कारका टायर जस्ता वस्तु बालेको पनि देखिन्छ भने चिच्याएर नाराबाजी गरेको पनि सुनिन्छ । यस घटनालाई लिएर एक व्यक्ति पक्राउ परेको खबर पनि बाहिरिएको छ ।

प्रहरी अधिकारीहरूले घेरिएका पहेँलो टोपी र सुन्तला रंगको लुगा लगाएका एकजना मानिसको तस्बिर पनि सार्वजनिक गरेका छन् । चिनियाँ जनताले यी नयाँ अज्ञात प्रदर्शनकारीलाई ‘न्यू ट्यांक म्यान’ को संज्ञा दिँदै प्रशंसा गर्न थालेका छन् । 

सन् १९८९ को तियानमेन चोकमा प्रजातन्त्रको माग गर्दै भएको विरोध प्रदर्शनको क्रममा सैनिक ट्यांक मा चढेका एक अज्ञात युवकको पनि निकै प्रशंसा र चर्चा भएको थियो । चीन सरकारले सो प्रदर्शन दमन गरेको थियो । 

बीबीसीबाट । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  २१:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu