site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायली आक्रमणमा हिजबुल्लाहका शीर्ष कमान्डरको मृत्यु

बेरुत (लेबनान) । लेबनानको बेरुत गढमा शुक्रबार गरिएको आक्रमणमा १४ जनाको मृत्यु भएको छ । दर्जनौँ घाइते भएका छन् । आक्रमणमा हिजबुल्लाहको एलिट युनिटका कमान्डरको समेत मृत्यु भएको इजरायलले जनाएको छ ।

सन् १९८३ मा बेरुतस्थित अमेरिकी दूतावासमा भएको विस्फोटमा संलग्न आरोपमा अमेरिकाले खोजिरहेका इब्राहिम अकीलले इरान समर्थित उग्रवादी समूहको नेतृत्व गरिरहेका थिए । हिज्बुल्लाहले शुक्रबार राति अकील इजरायली आक्रमणबाट मारिएको पुष्टि गर्दै एक महान् नेताका रूपमा प्रशंसा गरेको छ ।

एएफपीटीभी फुटेजले उद्धारकर्मी आक्रमणको केही समयपछि विभिन्न उपकरणका साथ खोजीकार्यमा तल्लीन रहेका देखाएको छ ।

गाजामा युद्ध सुरु भएदेखि हिज्बुल्लाहका वरिष्ठ कमान्डरको हत्या भएको यो दोस्रो घटना हो । गएको जुलाईमा गरिएको आक्रमणमा शीर्ष अपरेसन प्रमुख फुआद शुक्रको ज्यान गएको थियो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले यो घटनालगायत बढ्दो तनावका बारेमा चिन्ता व्यक्त गरेका छन् । सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन उनले आह्वान गरेका छन् ।

इजरायली सेनाले अकीललाई लक्षित गरी आक्रमण गरेको जनाएको छ । उक्त आक्रमणमा अरू १० वरिष्ठ कमान्डरको समेत मृत्यु भएको छ ।

हिज्बुल्लाहको नजिकको एक स्रोतका अनुसार, अकील त्यस बेला कमान्डरसँगको बैठकमा थिए ।

लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा कम्तीमा १४ को मृत्यु र ६६ जना घाइते भएका जनाएको छ ।

दूतावासमा विस्फोटको नाइकेका रूपमा वर्णन गर्दै अमेरिकाले अकीलका बारेमा जानकारी दिनेलाई सात मिलियन डलर पुरस्कारको प्रस्ताव गरेको थियो । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro