
काठमाडौं । सगरमाथा हेर्न सोलुखुम्बुको फाप्लु विमानस्थलमा हरेक दिन विदेशी पर्यटकको भीड लाग्ने गर्छ । यतिबेला नेपालका उच्च हिमश्रृंखला हेर्न विदशी पर्यटक नेपाल आउने सिजन भएकाले अहिले नेपालको पर्यटन क्षेत्रमा चहलपहल देखिन्छ । यतिबेला नेपालका उच्च हिमश्रृंखला सगरमाथा, कञ्चनजंघा, अन्नपूर्ण, मर्दी, गोसाइँकुण्डलगायत पर्यटकीयस्थान हेर्न हजारौँ विदेशी पर्यटक नेपाल आइपुगेका छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथा हेर्न यतिबेला विदेशी पर्यटक हवाई र गाडीको रुटबाट फाप्लु पुग्ने गरेका छन् । फाप्लुबाट पनि हवाई तथा गाडीको मार्ग हुँदै तथा पैदल हिँडेर सगरमाथाको आधार शिविर कालापत्थर पुग्ने गरेका छ्न् ।अहिले फाप्लुमा दैनिक सयौँको संख्यामा सगरमाथा हेर्न आउने र हेरेर फर्किने विदेशी पर्यटकको जमघट देखिन्छ । दैनिक सयौँको संख्यामा घुम्न आउने विदेशी पर्यटकका कारण त्यसक्षेत्रका होटेल व्यवसायीमा खुसी छाएको छ ।