site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उमेदवारी दर्ता गराउन कांग्रेस केन्द्रीय नेता विराटनगरमा
Siddhartha BankSiddhartha Bank

विराटनगर । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत मोरङमा मनोनयनपत्र दर्ता गराउने क्रम सुरु भएको छ । यसका लागि काठमाडौंमा रहेका केन्द्रीय नेताहरू विराटनगर आउँदै छन् ।

कांग्रेस नेत्री सुजाता कोइराला मनोनयनपत्र दर्ता गराउन विराटनगर आइपुगेकी छन् । विराटनगर विमानस्थलमा उनले पार्टीको निर्णयानुसार आफू प्रतिनिधिसभा सदस्यको उमेदवार बन्न लागेको बताइन् ।

Agni Group
NIC Asia

उनी मोरङ निर्वाचन क्षेत्र नम्बर–२ बाट उमेदवार बन्न लागेकी हुन् । त्यो क्षेत्रबाट ०७४ को निर्वाचनमा कांग्रेसका डा. मीनेन्द्र रिजाल विजयी भएका थिए ।

यस्तै, कांग्रेस नेता डा. शेखर कोइराला दिउँसो २ बजे विराटनगर आई मोरङ–६ बाट मनोनयनपत्र दर्ता गराउने उनका स्वकीयसचिव दिनेश थपलियाले जानकारी दिए ।

Global Ime bank

सञ्चार तथा सूचना प्रविधमन्त्री ज्ञानेन्द्रबहादुर कार्की भने विराटनगर विमानस्थल ओर्लिएर सुनसरीतर्फ लागेका छन् ।

कांग्रेस नेताहरू गुरुराज घिमिरे, भीम पराजुली, राजीव कोइराला र प्रदेश नम्बर–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की पनि काठमाडौंबाट विराटनगर आइपुगेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu