site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मनोनयन दर्ता : २५ जना भन्दा बढी सहभागी हुन नपाउने, बाजा र झाँकी निषेध
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

नुवाकोट । मंसिर ४ गते हुने आम निर्वाचनका लागि जारी भएको आचारसंहिता पालना गर्न नुवाकोटका राजनीतिक दलहरुले सामूहिक प्रतिबद्धता जनाएका छन् ।

मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीको आयोजनामा शनिबार बसेको सर्वदलीय/सर्वपक्षीय बैठकमा सहभागी राजनीतिक दलहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्न सामूहिक प्रतिबद्धता जनाएका हुन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनका अनुसार हाल कार्यान्वयनमा रहेको आचारसंहितअन्तर्गत आज उम्मेदवारी दर्ता गर्न २५ जनाभन्दा बढीको सहभागिता हुन नपाइनेसहित बाजागाजा, झाँकी लैजान गरिएको निषेधमा दलहरुबाट पालना गर्न प्रतिबद्धता आएको छ ।  

“प्रतिनिधिसभाअन्तर्गत दुई र प्रदेससभाअन्तर्गत चारवटै निर्वाचन क्षेत्रको मनोनयन दर्ताका लागि नुवाकोटमा आवश्यक तयारी पूरा भएको छ”, उनले भने, “राजनीतिक दलहरुसहित सरोकारवाला पक्षहरुबाट आचारसंहिता पालना गरेर निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैले जनाएको ऐक्यबद्धताले हौसला बढेको छ ।”

Royal Enfield Island Ad

 यही असोज १२ गतेदेखि कार्यान्वयनमा आएको निर्वाचन आचारसंहितामा अघिल्ला निर्वाचनको भन्दा आगामी मंसिर ४ मा हुने निर्वाचनमा प्रचारप्रसारका क्रममा बढीमा १० वटा झन्डा प्रयोग गर्न पाइने, राष्ट्रिय झन्डा प्रयोग गर्न नपाइने, मतदानको १७ दिन अघिदेखि मात्र प्रचारप्रसार गर्न पाइने, उम्मेदवारले सम्पत्ति विवरण र वैयक्तिक विवरण (बायोडाटा) फाराम बुझाउनुपर्ने, २५ जनाभन्दा बढी भेला भएर मनोनयनपत्र पेस गर्न र प्रचारका क्रममा मतदाताको घरदैलोमा जान नपाइनेलगायतका व्यवस्था थप गरिएको छ । 

उक्त व्यवस्था पालना गर्न जिल्लाका राजनीतिक दलहरुबाट सामूहिक प्रतिबद्धता आएको हो । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  ०८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro