site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्युठान पहिरो : तीन शव निकालियो, तीनजना अझै बेपत्ता
फाइल तस्बिर ।

काठमाडौं । प्युठानमा शुक्रबार पहिरोमा पुरिएर बेपत्ता भएका तीनजनाको शव आज निकालिएको छ । तीनजना अझै बेपत्ता छन् ।

प्युठानको माण्डवी गाउँपालिका–४, फरिन्डेमा स्थानीय बमबहादुर राहुमगरको घर पहिरोमा पुरिएको थियो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवं प्रहरी निरीक्षक सुशिल थापामगरका अनुसार पहिरोमा पुरिएकी ५५ वर्षीया थमा बुढामगर, १८ वर्षीया मौसमी थापा र २१ वर्षीया टेकी राहुमगरको शव पहिरोबाट निकालिएको हो । प्रहरीले स्थानीयको सहयोगमा शव निकाल्नेल काम गरेको हो ।

उक्त पहिरोमा परी ६० वर्षीय बमबहादुर राहुमगर, चार वर्षीय सुसान्त राहुमगर र ६० वर्षीय हिराबहादुर थापामगर अझै बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र प्रहरी नायब उपरीक्षक सुवास खड्कासहितको टोली दुई दिनदेखि घटनास्थलमै रहेको प्रवक्ता थापामगरले जानकारी दिए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  १७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro