देश
काठमाडौं । बाँकेस्थित राप्ती नदीमा पानीकफ बहाव बढेको छ । पश्चिम राप्ती कुसुम जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पानीको बहाव बढ्दो रहेको तथा खतरा तह पार गर्ने क्रममा रहेकाले राप्ती नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा आज साँझसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
"बाँके स्थित पश्चिम राप्ती कुसुम जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेको तथा खतरा तह पार गर्ने क्रममा रहेकाले राप्ती नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनु हुनेहरूले आज साँझ सम्मै उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहनुहोला," विभागले भनेको छ ।
प्रकाशित मिति: बुधबार, असोज १९, २०७९ १४:३०
प्रतिक्रिया दिनुहोस्