अत्यधिक गाँजा सेवनले मानसिक रूपमा असन्तुलन पैदा गर्छ । नियमित गाँजा प्रयोगले लत बस्छ र स्वास्थ्यलाई असर गर्छ । लत बसेपछि छाड्न निकै गाह्रो हुन्छ ।
यहाँ केही घरेलु उपायबारे चर्चा गरिएको छ, जसले गाँजाको असर कम गर्न सहयोग गर्न सक्छ ।
घरेलु उपचार
१. कागती चुसिरहने या कागतीको पुरानो अचार खाई पानी पिउने ।
२. कागतीको रस २० ग्राम र फणीरको पातको रस ६० ग्राम खाने ।
गाँजा भाङको नशा बढी भएमा
- हरियो धनियाँको पात पिसेर एक सय ग्राम रस पिउने
धतुरोको विष लागेमा
- बिमिरोको रसमा सय ग्राम मिस्री मिलाएर पिउने ।
अफिमको नशामा
१. कुमकुमका पाँचवटा फूल पिसी पानीमा मिलाई खाने । २. अदुवाको रस १० ग्राम र कुसुमको फूलको रस पाँच ग्राम मिलाएर खाने ।
३. एक ग्राम खयर पिसेर आधा गिलास चौलानीमा राखी पिउने ।
४. गाँजाको जरा एक ग्राम घोटेर पानीमा मिलाई खाने ।
५. घिउ पगालेर ३० ग्राम खाने ।
६. अफिम, गाँजा, भाङ आदि सबै नशामा एक लिटर पानीमा चार चम्चा नुन घोलेर पिलाई उल्टी गराउने ।
हरितालको विषमा
कागतीको रस २०/२० ग्राम बिहान, दिउसो र साँझ तीन दिनसम्म पिउने ।
आयुर्वेद चिकित्सक डा. राजेश झाको पुस्तक योगतन्त्रको सहयोगमा ।