site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राप्रपामा प्रकाशचन्द्र लोहनीको नेतृत्वमा केन्द्रीय निर्देशन समिति गठन
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा केन्द्रीय निर्देशन समिति गठन गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधानको दफा ४१ बमोजिम गठन गरेको समितिले गर्ने कुनै पनि राजनीतिक निर्णयलाई पार्टीले अवलम्बन गर्ने नेता सुन्दर पाण्डेले जानकारी दिए ।

पार्टीलाई आवश्यक समन्वय, निर्देशनका साथै सुझाव तथा सरसल्लाह उपलब्ध गराउने समितिले सङ्गठन विस्तार एवं सुदृढीकरणका लागि नीति निर्माण गर्ने सो समितिले पार्टीलाई सरकारमा पठाउने वा नपठाउने, राजनीतिक नियुक्तिको सिफारिस गर्नेलगायतका अधिकार राख्ने जिम्मेवारी प्राप्त गरेको छ ।

समितिको सदस्यमा पार्टीका केन्द्रीय अध्यक्ष, पूर्वकेन्द्रीय अध्यक्षहरू, केन्द्रीय पदाधिकारी, वरिष्ठ नेता, पूर्वकेन्द्रीय पदाधिकारीमध्येबाट ११ जना छनोट गरिनेछ । 

नवगठित समितिका अध्यक्ष डा. लोहनीले जनअपेक्षानुसार मुलुकको विकास तथा समृद्धिका लागि लघु उद्यमशीलता, जनतालाई उत्पादनसँग जोड्ने तथा कृषि अर्थतन्त्र गतिशील बनाउने नीतिलाई नै पार्टीको अर्थनीतिका रूपमा ल्याइने बताए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९  १९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro