site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
इन्फोडेभलपर्स आइसीटी अवार्ड २०२२ को शीर्ष प्रायोजक, डिजिटल इकोसिस्टमको विकासमा सहकार्य गर्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आइसिटी अवार्ड २०२२ को शीर्ष प्रायोजकको रुपमा अग्रणी सफ्टवेयर कम्पनी इन्फोडेभलपर्सले सहकार्य गर्ने भएको छ । आज एक कार्यक्रमबिच इन्फोडेभलपर्सका सिइओ उमेश रघुवंशी र आइसिटी अवार्डका संयोजक राजन लम्सालबीच शीर्ष प्रायोजनको लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त कार्यक्रममा कम्पनीका तर्फबाट सह-संस्थापकहरु प्रविण सुवेदी, अर्विन्द प्रधान र सिओओ डा. राजीव सुब्बाको उपस्थिति रहेको थियो । 

सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रममा आइसिटी क्षेत्रका विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुको सहभागिता रहेको छ । सातौँ आइसिटी अवार्डको शीर्ष प्रायोजकको रुपमा इन्फोडेभलपर्सले सहकार्य गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै कम्पनीका सिइओ उमेश रघुवंशीले भने “हामीले २० वर्षदेखि डिजिटल रुपान्तरणको लागि काम गर्दै आइरहेका छौ, अब यसको इकोसिस्टमको विकासमा थप योगदान गर्ने उदेश्यले आइसिटी अवार्डसँग सहकार्य गरेका हौँ ।“

Prabhu Bank
Agni Group
NIC Asia

२० औं वर्षको यात्रामा रहेको नेपालको अग्रणी सफ्टवेयर कम्पनी इन्फोडेभलपर्सले ३५० जनाबढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । 

सन् २०१६ बाट सुरु भएको ‘आइसिटी अवार्ड’को सातौं संस्करणको रुपमा यस वर्ष विभिन्न १२ विधामा छनौट प्रकृया सुरु भएको छ । यस वर्ष दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुको लागि ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२’ पनि आयोजना हुँदैछ । 

Global Ime bank

लिभिङ विथ आइसिटीको मुख्य आयोजनामा हुने आइसिटी अवार्डको छनौट प्रकृयामा १३ जना बिज्ञ जुरी सदस्य र १५ जना बिशिस्ट सल्लाहकारहरु रहेका छन । यस वर्ष विभिन्न १२ विधामा ५०० बढिको नोमिनेसन प्राप्त भएको छ । आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ गते द सोल्टी काठमाण्डौमा आयोजना हुनेछ ।

यसैगरी प्रि इभेन्ट क्याम्पियनको रुपमा कार्तिक १८ र १९ गते एकसयभन्दा बढि डिजिटल स्टार्टअप तथा इन्नोभेसनहरुको प्रदर्शनी तथा इन्क्युवेसन कार्यक्रम ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ आयोजना हुनेछ । यसको लागि आयोजकले यस अघि सातै प्रदेशमा फेस्टको आयोजना गरेको थियो । सातै प्रदेशबाट ४० बढि स्टार्टअप तथा आइडियाहरु काठमाडौंको कार्यक्रमको लागि छनौट भएका छन् । आइसिटी अवार्ड २०२२ को दोश्रो चरणको छनौट पश्चात स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा उत्कृष्ट १२ को सार्वजनिक गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  १४:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC