site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लाल मोहम्मद हत्या प्रकरण : महिलाले ‘रेकी’ गरिन्, पुरुषले हतियार बुझाए
Siddhartha BankSiddhartha Bank

काठमाडौ । काठमाडौंको गोठाटारमा लाल मोहम्मदको गोली हानी हत्या गरेको आरोपमा पर्साको वीरगन्जलगायत स्थानबाट तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई पुरुष र एकजना महिला छन् ।

उच्च प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरूमा वीरगन्जका रेहान खान, मिहरण मियाँ र सुस्मिता नामकी महिला छन् ।

सुस्मिता लागुऔषध मुद्दामा जेल परेर छुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुस्मिताले घटनामा लाल मोहम्मदका सबै गतिविधिको ‘रेकी’ गरेको खुलेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यही असोज ३ गते गोठाटारमा बा६च ५१५२ नम्बरको गाडीबाट ओर्लनासाथ मोहम्मदमाथि दुईजनाले गोली हानेर भागेका थिए ।

सर्लाहीका व्यापारी मोहम्मदमाथि कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारस्थित कृष्ण मन्दिरनजिक गोली प्रहार गरिएको थियो । उनी आफ्नो गाडीबाट ओर्लिएपछि हतियारधारीले लखेटेर गोली प्रहार गरेका थिए ।

Global Ime bank

प्रहरीका अनुसार पक्राउ परेका मध्ये खान र मियाँले मोहम्मदमाथि गोली प्रहार गर्ने ‘सुटर’लाई हतियार व्यवस्थापन गर्ने काम गरेको खुलेको छ । उनीहरूलाई भारतीय नागरिकले वीरगन्जमा हतियार दिएको र असोज २ गते उनीहरूले सो हतियार काठमाडौंमा सुटरलाई उपलब्ध गराएको खुलेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए ।

उनको हत्यामा भारतीय अनपराधिक समूहको संलग्नता हुन सक्ने आशंका गरिँदै आएको छ ।

घटनाको अनुसन्धानका लागि एसएसपी जनकराज भट्टराईको नेतृत्वमा एक समिति गठन गरिएको थियो । मोहम्मदको हत्या गर्ने योजना भारतीय नागरिक नीतिन मदनले बनाएको चर्चा चलेको थियो । काठमाडौंमा बस्दै आएका आपराधिक पृष्ठभूमिका नीतिन विभिन्न अपराधका घटनामा जोडिएको बताइएको छ ।

नीतिनले मुख्यतः हुन्डीको कारोबार गर्दै आएको खुलेको छ । हत्या उनको समूहले गरेको हो वा अरू समूहले भन्ने खुलिसकेको छैन ।

गोली प्रहारबाट ज्यान गुमाएका मोहम्मद जाली भारतीय नोट कारोबारमा १० वर्ष कैद सजाय भुक्तान गरी छुटेका व्यक्ति हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement