देश
जुम्ला । हिमा गाउँपालिका–१ आचार्य लिहीमा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । वाग्मती प्रदेश ०३००१ ख २१६४ नम्बरको ट्रक बुधबार राति दुर्घटना हुँदा ट्रक चालक मकवानपुर निवासी अविनाश लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।
उनकाअनुसार सहचालक मकवानपुरकै हरि न्यौपाने घाइते भएका छन् ।
घाइतेलाई राति नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगेर उपचार गरिएको छ । घाइते न्यौपानेको टाउकोमा चोट लागेको प्रहरी नायव उपरीक्षक चन्दले जानकारी दिए ।
ट्रकमा सात सय कार्टुन स्याउ रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९ २०:१६
प्रतिक्रिया दिनुहोस्