site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
शुभकामना बहाना, टिकट आकांक्षीको घुइँचो 
SkywellSkywell

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको शेखर कोइराला समूहले बिहीबार चियापान कार्यक्रम आयोजना गर्‍यो । दसैँ, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्न कार्यक्रम आयोजना गरेको समूहको भनाइ छ । 

अनुपम फुडल्याण्ड वत्तिसपुतलिमा भएको कार्यक्रममा कार्यकर्ता कम टिकट आकांक्षीको संख्या उल्लेखनीय थियो । सबैलाई चिन्ता चुनाव लड्न नपाइने हो कि अथवा समानुपातिकमा नपरिने हो कि भन्ने थियो । समानुपातिकमा परेकाहरूमा पनि नाम पछाडि भएको तथा विद्रोही भएका कारणले संस्थापन समूहले नाम पछाडि पारिदिने भय थियो । 

कार्यक्रममा एकैछिन बसेर नेताहरू शेखर कोइराला, धनराज गुरुङ र गगन थापा समूहको रणनीतिक बैठकतर्फ लागेका थिए । चियापानमा समूहका नेता शेखर कोइराला, महामन्त्री गगन थापा, नेता डा. मिनेन्द्र रिजाल, तथा केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, अजयबाबु शिवाकोटी, प्रतिमा गौतम, नेताहरू गुरु घिमिरे, जगदिश्वरनरसिंह केसीलगायत उपस्थित थिए । उनीहरू सबैलाई टिकटबारे आकांक्षीहरुले चासो राखेका थिए । 

Dabur Nepal
NIC Asia

तर, चियापान कार्यक्रममा पुगेका केन्द्रीय सदस्य तथा समूहका नेता अर्जुनरसिंह केसीले मंसिर ४ गते हुने निर्वाचनका लागि उमेदवार छनोटमा सही मूल्यांकन र सही समीक्षा हुन नसके नेपालको राजनीतिले स्थिरता कायम गर्न नसक्ने बताए । नेता केसीले नेपाल अन्तर्राष्ट्रिय द्वन्द्वको अखडाको रुपमा स्थापित भइरहेको उल्लेख गर्दै देशलाई बचाउन नेपाली कांग्रेस एक हुनुको विकल्प नरहेको बताए । 

“गठबन्धनको अन्तिम टुंगो सायद हुँदैछ । गठबन्धनसँगै पार्टीभित्र रहेका विविध पक्षलाई संगठित र सहमतिपूर्ण निस्कर्ष निकाल्नु अहिलेको महत्वपूर्ण दायित्व हो । गठबन्धनको आडमा गठबन्धन नै पर्याप्त हुन्छ भनेर हामी भित्र नै सही मूल्यांकन र समीक्षा गरेर सहमतिपूर्ण निर्णय गर्न नसके त्यसले गम्भीर अवस्था सिर्जना हुन्छ,” उनले भने ,“अहिले पार्टी मात्रै होइन, लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण छ । एकातिर अन्तर्राष्ट्रिय द्वन्द्वको अखडाको रुपमा गइरहेको छ भने अर्कोतिर छिमेकीहरुको द्वन्द्व पनि त्यत्तिकै चिन्ताको विषय छ । यसलाई बचाउन सक्ने हैसियत भएको पार्टी नेपाली कांग्रेस नै हो ।”

कार्यक्रममा सहभागी नेता गुरुराज घिमिरेले गठबन्धन गरेर चुनावमा गए पनि पार्टीभित्रको कलह मिलाउन नसके दुर्घटना निम्तन सक्ने चेतावनी दिए । उनले पार्टी सभापति देउवाले सबैलाई मिलाएर लैजाने आश्वासन दिएको भए पनि भेदभाव भएको खण्डमा समूहले आन्दोलन चर्काउने बताए । 

“हामीले न्यायोचित अवसरको वितरणका निम्ति पार्टीलाई भनेका हौँ । त्यही अन्तर्गत यो चियापान हो,” उनले भने ,“सभापतिज्यूले सबैलाई मिलाएर लैजान्छु भन्ने आश्वासन दिनुभएको छ । प्रधानमन्त्रीको बाटो हेरिरहेका छौँ । भएन भने बाँकी निर्णयमा पुग्छौँ । एकलौटी र विभेदपूर्ण भयो भने कार्यकर्ताले आफ्नो बाटो लिन्छन् ।”

अर्का केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले समानुपातिकतर्फको उमेदवारको सूचीका कारण संस्थापन पक्षकै नेताहरु पनि बिरोधमा उत्रिएको बताए । सूची सच्याउन नसके गठबन्धन अघि बढाउन समस्या पैदा हुने उनको भनाइ छ । 

पार्टीभित्र संस्थापन पक्षले टिकट वितरणमा एकलौटी गरेको भन्दै शेखर समूहका दोस्रो तहका नेताहरु आन्दोलनमा छन् । समानुपातिक टिकट वितरण नभए निर्वाचन प्रकृयामा भाग नलिने तथा विद्रोह गर्ने चेतावनी समूहको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro