site stats
बाह्रखरी :: Baahrakhari
नेपाल राष्ट्र बैंक
दसैँमा भगवानका मूर्ति बेचेर लाखौँ आम्दानी (तस्बिरहरू)

काठमाडौं । नेपाली हिन्दुहरूकाे सबैभन्दा ठूलो पर्व दसैँको अवसरमा मूर्ति व्यापारीहरुले भगवानका मूर्ति बेचेर लाखौँ आम्दानी गर्ने गरेका छन् ।

Durga Mata (1)1664185393.JPG

सोमबार ललितपुरको कुपोन्डोलस्थित वाग्मती किनारमा पुग्दा गणेश मूर्ति कारखानामा भगवानका मूर्ति बिक्री भैरहेको थियो । हरेक वर्ष लहानका मूर्तिकार पुरन पण्डितले घटस्थापनाको दिनसम्म भगवानका मूर्ति बेचेर ५ लाख रुपैयाँसम्म दसैँको खर्चको जोहो गर्ने गरेको बताउँछन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

Durga Mata (2)1664185394.jpg

यसपटक पनि नवदुर्गा भगवानको ३ थान मूर्ति बनाएर बेचेका छन् । हरेक वर्ष दसैँका बेला पण्डितले १ महिनामा मूर्ति निर्माण गरेर दसैँको खर्च जोहो गर्ने गर्दछन् ।

Durga Mata (4)1664185392.jpg

सोमबार आफुले निर्माण गरिएको नवदुर्गाको मूर्ति पेप्सिकोलाको उज्वलनगरको कुसेश्वर मन्दिरलाई बेचे । मूर्तिको सेटमा दुर्गाको मूर्तिसँगै बाग महेश्वासुरको मूर्ति, सरस्वती, लक्ष्मी, गणेश र कुमार कार्तिकेको मूर्ति गरी ७ मूर्ति हन्छन् ।

Durga Mata (5)1664185393.jpg

एक सेट मूर्ति निर्माण गर्दा ७० देखि ८० हजार रुपैयाँसम्म खर्च लाग्ने पण्डित बताउँछन् । मूर्ति बेच्दा भने १ लाखदेखि १ लाख ५० हजार रुपैयाँसम्म बेच्ने गरेको बताए ।

Durga Mata (6)1664185391.jpg

निर्माण भएका मूर्ति घटस्थापनाका दिन स्थापना गरेर महानवमीका दिनसम्म चन्डी पाठ, वाचन, भजनकृतन, देवी अनुष्ठान वाचन गर्दै पुजापाठ गरेर सेलाउने गर्दछन् ।

Durga Mata (7)1664185391.jpg

हरेक वर्ष गणेश मूर्ति कारखानामा निर्मित नवदुर्गा लगायत भगवानका मूर्ति नेपालका लागि नेपाली धर्मसभाले पेप्सीकोलामा रहेको कुसेश्वर मन्दिरमा स्थापन गर्ने गरेको मन्दिरका नृत्य प्रशिक्षक राजेश बाडेले बाह्रखरीलाई बताए ।

Durga Mata (8)1664185390.jpgDurga Mata (9)1664185390.jpgDurga Mata (10)1664185388.jpgDurga Mata (11)1664185388.jpgDurga Mata (12)1664185387.jpgDurga Mata (13)1664185386.jpgDurga Mata (14)1664185387.jpgDurga Mata (15)1664185386.jpg

प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  १५:३२
प्रतिक्रिया दिनुहोस्