site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
अनेसास कविता महोत्सवमा ‘नानीबाबुलाई शिक्षा’ले पायो प्रथम पुरस्कार
SkywellSkywell

काठमाडौं । अनेसास कविता महोत्सव २०२२ मा आबुधाबी, यूएईका कवि अजित उत्सवको कविता ‘नानीबाबुलाई शिक्षा’ले प्रथम पुरस्कार प्राप्त गरेको छ । 

राष्ट्रकविको १०३ औँ जन्मजयन्तीको अवसर पारेर शनिबार आयोजित कार्यक्रममा ३१८ कविलालाई पछि पार्दै उनले नगद ५०० अमेरिकी डलरसहितको पुरस्कार प्राप्त गरेका हुन् ।

Dabur Nepal
NIC Asia

यसैगरी, काठमाडौंका राधिका कल्पितको ‘सन्तानका लागि सङ्कल्प’ कविताले नगद ३०० अमेरिकी डलरसहितको द्वितीय पुरस्कार प्राप्त गरेको छ । 

रामेछापका कवि विक्रमपवन परियार, अमेरिकाका कवि कोमलप्रसाद भट्ट र दुराडाँडा ,लमजुङका कवि प्रज्वल अधिकारीका कविताले २०० अमेरिकी डलर राशिको तृतीय पुरस्कार प्राप्त गरेका छन् ।

वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ६७ जना प्रतियोगी कविले अन्तिम प्रतिस्पर्धाका लागि जुमका माध्यमबाट कविता वाचन गरेका थिए ।

अनेसासका सल्लाहकार गोविन्द गिरी प्रेरणा, साहित्यकार प्रभा भट्टराई र कवि भीष्म उप्रेतीको निर्णायक मण्डलले गरेर पाँच कवितालाई पुरस्कृत गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu