site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
शेखर समूहको असन्तुष्टि– समानुपातिक सूचीमा सातौँ/आठौँ नम्बरमा राखियो
SkywellSkywell

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसमा आसन्न निर्वाचनका लागि निर्वाचनमा आयोगमा बुझाइएको समानुपातिकतर्फको बन्दसूचीको विषयलाई लिएर असन्तुष्टि चुलिएको छ । उक्त सूची बुझाएसँगै नेता डा. शेखर कोइराला समूह पार्टी सभापति शेरबहादुर देउवासित थप चिढिएको हो ।

सोहीविरुद्ध शनिबार काठमाडौंमा शेखर समूहले खबरदारीसभा आयोजना गर्‍यो । देउवालाई सामानुपातिक सूची सच्याउन दबाब दिन उक्त सभा आयोजना गरिएको हो । आफूहरूप्रति ‘न्यायोचित’ भागबन्डा हुनुपर्ने शेखर समूहको माग छ ।

Dabur Nepal
NIC Asia

खबरदारीसभामा सहभागी नेता भीमसेनदास प्रधानले समानुपातिकतर्फको बन्दसूचीपछि आफूहरू नेतृत्वप्रति सशंकित भएको बताए । पार्टीभित्र आफूसँग असहमति राख्ने, आफूलाई १४औँ महाधिवेशनमा मत नहालेकै कारणले ‘सशक्त व्यक्तित्वलाई तेजोवध गर्ने ढंगले पार्टी नेतृत्व लागेको’ उनको आरोप छ ।

“बन्दसूचीपछि हामीलाई सचेत गराउने काम भयो । किनभने, नेपाली कांग्रेस पार्टीभित्र धेरै लामो त्याग, तपस्या, बलिदानी गरेका निष्ठावान्, आदर्शवान् कार्यकर्ता पन्छाउने काम भो । आफ्ना मान्छेका नाउँमा समानुपातिक सूचीमा नाम समावेश गर्नुभएको कुरा थाहा भो,” उनले भने, “यसले गर्दाखेरि पार्टीभित्र आफूसँग असहमति राख्ने, आफूलाई १४औँ महाधिवेशनमा मत नहालेकै कारणले एउटा सशक्त व्यक्तित्वलाई तेजोवध गर्ने ढंगले जसरी पार्टी नेतृत्व लाग्यो, र योप्रति हामी सशंकित छौँ । र, सशंकित भयौँ । र, हामीले बाध्य भएर खबरदारीसभा हुँदै हामी कहाँसम्म पुग्नुपर्छ, हामी यसलाई निरन्तर रूपले अघि बढाउँछौँ ।”

उनले निर्वाचनमा न्यायोचित रूपमा टिकट वितरण हुनुपर्नेमा जोड दिए । नेतृत्वले सबैलाई न्याय गरेको महसुस कार्यकर्तापंक्तिसम्मले गर्नुपर्ने उनले बताए ।

“समानुपातिक सूची सच्याउनुस् र टिकट वितरण गर्दा न्यायोचित गर्नुस्,” उनले भने, “सबैलाई न्याय भएको छ भन्ने महसुस आमकार्यकर्तालाई, आमजनताको बीचमा एउटा सन्देश जाओस् ।”

उनले समानुपातिक सूचीमा शेखर समूहको नाम खासै नभएको बताए । कतैकतै भए पनि आफ्नो समूहबाट परेको नाम सातौँ/आठौँ नम्बरमा राखिएको उनले जिकिर गरे । अन्तिमतिर रहेको नामबाट संसद्मा प्रतिनिधित्व हुने सम्भावना कम हुने उनको भनाइ छ ।

“जसरी समानुपातिक सूचीमा शेखर समूहको नाम काहीँ पनि छैन । कतैकतै भए सातौँ/आठौँ नम्बरमा छ । सातौँ/आठौँ नम्बरमा भएको नाम समानुपातिक सूचीबाट अट्ने सम्भावना छैन ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  १६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro