अर्थ व्यवसाय
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी स्मार्ट क्यूआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ । बैंकका १४ लाखभन्दा बढी मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुलाई लक्षित गरेर सेवा ल्याएको हो ।
मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताले मोबाइल बैंकिङ्ग एपमा रहेको क्यूआर भुक्तानी गर्ने विकल्प छनोट गरी स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
स्मार्ट क्यूआरमार्फत भुक्तानी लिने व्यवसायीलाई पनि एनआईसी एशिया बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्तासँग भुक्तानी लिन सहज हुने बैंकको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९ १३:३६
प्रतिक्रिया दिनुहोस्