अर्थ व्यवसाय
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ । गएको शुक्रबार सम्पन्न बैंकको सञ्चालक समितिको बैठकबाट सेयरधनीलाई ९.५०७९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका निम्ति ०.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आउँदो साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् । गत वर्ष बैंकले १०.५ प्रतिशत लाभांश दिएको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१ ११:५२
प्रतिक्रिया दिनुहोस्