अर्थ व्यवसाय
1663841373.jpg)
काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा नाडा ईभी एक्स्पो सुरु भएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा भएको नाडा ईभी एक्स्पोमा विद्युतीय सवारीसाधन तथा पार्टपुर्जाहरू राखिएको छ ।
एक्स्पोमा बिजुलीबाट चल्ने गाडी, मोटरसाइकल, स्कुटरसँगै साइकल पनि राखिएको छ ।
एक्स्पो हेर्न आउनेहरूका लागि आयोजकले विभिन्न किसिमका उपहारको पनि व्यवस्था गरेको छ । एक्स्पोमा सहभागी जनाउनेहरूले विद्युतीय सवारीसाधबारे जानकारी लिइरहेका छन् ।
एक्स्पो आज (असोज ६) देखि असोज ९ गतेसम्म चल्ने छ ।
तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९ १५:५६
प्रतिक्रिया दिनुहोस्