site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारको हेलचेक्र्याइँले नेपाल ‘ग्रे लिस्ट’मा : पूर्वगभर्नर क्षेत्री

काठमाडौं । राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सरकारको हेलचेक्र्याइँका कारण नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को नकारात्मक सूची (ग्रे लिस्ट)मा परेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले त्यसबाट बाहिर आउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

एफएटीएफको ‘ग्रे लिस्ट’बाट उन्मुक्ति पाउन उनीहरूले भनेका कुरा पालना गर्नुपर्ने र सुधारको स्पष्ट कार्ययोजना दिन सक्नुपर्ने उनले बताए । एफएटीएफले मागेको कार्ययोजना समयमा नै सम्पन्न गरे नेपाल ग्रे लिस्टबाट हट्न सक्ने उनको भनाइ थियो ।

साक्षात्कारमा अर्थविद् डा. रेवतबहादुर कार्कीले एफएटीएफले ४० परिसूचक निर्धारण गरेकामा नेपालले २१ वटा मात्र परिपालन गर्न सकेको बताए । नेपालले १६ वटा आंशिक र चार परिसूचक परिपालन हुँदै नभएको उनले उल्लेख गरे ।

सरकारको गतिविधिकै कारण नेपाल ग्रे लिस्टमा परेको उनले बताए । हिमालयन टेली भ्वाइस

यो पनि पढ्नोस्–

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  १८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro