site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कपनको आगलागीबाट तीनजनाको मृत्यु, एक घाइते

काठमाडौं । काठमाडौंको कपनस्थित एक घरमा लागेको आगलागीमा परी तीनजनाको मृत्यु भएको छ ।

बुधबार साँझ आगलागी भएको घरभित्रबाट तीजनाको शव निकालिएको घटनास्थलमा रहेका बूढानीलकण्ठका मेयर मिठाराम अधिकारीले बाह्रखरीले जानकारी दिए ।

उनका अनुसार टङ्क घिसिङको घरमा आगलागी भएको हो । 

आफूलाई अनुसार ग्याँस लिक भएर आगलागी भएको जानकारी आएको स्पष्ट कारण थाहा हुन नसकेको उनले बताए ।

बूढानीलकण्ठकी उपमेयर अनिता लामाले घाइते एकजनालाई करुणा अस्पताल लगिएको जानकारी दिइन् । घाइते हुनेमा अन्दाजी २७ वर्षीय कुशल राई रहेका छन् ।

आगलागीपछि नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापा पनि कपनस्थित आगलागी भएको घरमा पुगेका थिए । उनले स्थानीयसँग घटनाबारे जानकारी लिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  २१:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro