देश
काठमाडौं । काठमाडौं महानगरपालिकाले ४१ वटा संघसंस्थालाई १० दिनभित्र कर बुझाउन अल्टिमेटम दिएको छ ।
महानगर राजस्व विभागका प्रमुख शिवराज अधिकारीले सूचना जारी गर्दै घरजग्गा तथा सम्पत्ति कर बुझाउन अल्टिमेटम दिएका हुन् ।
पछिल्लो समय महानगरले लामो समयदेखि कर नबुझाउने संघसंस्थाहरूबाट राजस्व संकलन गरिरहेको छ ।
महानगरले सम्बन्धित वडा कार्यालयमा गएर कर बुझाउन अनुरोध गरेको छ ।
प्रकाशित मिति: बुधबार, असोज ५, २०७९ १६:०८
प्रतिक्रिया दिनुहोस्