राजनीति
काठमाडौं । सिट बाँडफाँटका लागि आज बसेको गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ । मंगलबार साँझ बालुवाटारमा बसेको बैठकमा सहमति जुट्न नसकेको सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनकाअनुसार प्रत्यक्षर्तफ १६५ सिट मध्ये करिब ८० प्रतिशत सिटमा सहमति भइसकेको छ । बैठक भोलि बिहान ८ बजेका लागि फेरि बोलाइएको छ ।
"अब हामी निष्कर्षको नजिकमा पुगेका छौँ । र, त्यो निष्कर्षका निमित्त छलफल भइराखेको छ । भोलि फेरि ८ बजे बैठक बस्नेछ । करिब करिव १६५ सिटमा ८० प्रतिशत हामी सहमतीको नजिक पुगेका छौँ । र, त्यो चाँडै नै सहमति गरेर यहाँहरूमार्फत् हामी सार्वजनिक गर्छौं," उनले भने ।
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९ २०:१२
प्रतिक्रिया दिनुहोस्