काठमाडौं । भीषण सांगीतिक साँझ–२०७९ यही बिहीबार हुने भएको छ । गायक भीषण मुकारुङ राईले उक्त सांगीतिक साँझमा आफ्ना १४ वटा गीत गाउने छन् ।
भोजपुरे सेवा समाज, काठमाडौंद्वारा भोजपुर कलाकार मञ्चसँगको सहकार्यमा भीषण सांगीतिक साँझ–२०७९ हुन लागेको हो । नेपाल ज्येष्ठ नागरिक संरक्षण संघ, टेम्केमैयु–३, अन्नपूर्णको एम्बुलेन्स अभियानको सहयोगार्थ सांगीतिक साँझ कार्यक्रम आयोजना हुन लागेको गायक भीषण मुकारुङले जानकारी दिए ।
समाज सेवाको उद्देश्यले कार्यक्रम आयोजना गरिएको भन्दै उपस्थितिका लागि उनले आग्रहसमेत गरे ।
कार्यक्रम असोज ६ गते (बिहीबार) दिउँसो ४ बजे सांस्कृतिक संस्थान, जमलमा हुनेछन् ।
भोजपुरको ट्याम्के मैयुङ–३ अन्नपूर्णका भीषण दुई दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन् । ‘विश्वासको बन्धन,’ ‘सक्सेस’, ‘संवाद’, ‘माहौल’, ‘चन्द्रमुखी,’ ‘एउटा सत्य’लगायत सांगीतिक एल्बम उनले सार्वजनिक गरिसकेका छन् ।