साहित्य
![अस्कर अवार्डका लागि नेपालबाट ‘ऐना झ्यालको पुतली’ सिफारिस](https://12khari.top/uploads/posts/aina ghayal ko putali1656656982.jpg)
काठमाडौं । एकेडेमी अफ् मोशन पिक्चर आटर्स एण्ड साइन्सेसद्वारा सन् २०२३ मा घोषणा हुने ९५ औं एकेडेमी अवार्ड (अस्कर अवार्ड)का लागि नेपालबाट ‘ऐना झ्यालको पुतली’ सिफारिस भएको छ ।
प्रतिस्पार्धामा रहेका चलचित्र ‘प्रकाश’ र ‘राधा’लाई पछि पार्दै ‘ऐना झ्यालको पुतली’ सिफारिस भएको हो ।
प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बुनोट समेतलाई दृष्टिगत गरी उक्त अवार्डमा नेपालको प्रतियोगीका रूपमा सामेल गराउनका निम्ति ‘ऐना झ्यालको पुतली’लाई छनोट गरिएको जनाइएको छ ।
सुजित बिडारीको लेखन तथा निर्देशन रहेको यो चलचित्र ऐले दोस्रो हप्तामा प्रदर्शनरत छ ।
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
प्रकाशित मिति: सोमबार, असोज ३, २०७९ १५:४७
प्रतिक्रिया दिनुहोस्