site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
कवि विष्णुविभुको ‘हुरीको इन्द्रेणी उक्लेर’ प्रकाशित 

काठमाडौं । थोरै लेख्ने तर गम्भीर र गहिरो कविता लेख्ने कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. विष्णुविभु घिमिरेको नयाँ कविताकृति ‘हुरीको इन्द्रेणी उक्लेर’ प्रकाशनमा आएको छ ।

घिमिरेको यस कविताकृतिमा मानव जीवनका विविध विषयमाथि लेखिएका ४६ वटा लामाछोटा कविता समेटिएको छ । कवि घिमिरेका समकालीन मित्रहरू दिनेश अधिकारी, तीर्थ श्रेष्ठ, अविनाश श्रेष्ठ र अशेष मल्लले कृतिभित्र भूमिका लेखेका छन् ।

Dabur Nepal

कृतिमा अग्रज कवि बैरागी काइँलाले पनि भूमिका लेखेका छन् । भूमिकामा काइँलाले लेखका छन्, ‘नेपाली कविताको लोकप्रिय समकालीन काव्यधाराका एकजना प्रमुख र लोकप्रिय कवि हुन् विष्णुविभु घिमिरे ।’

कविता लेखनमा पाँच दशक बिताएका घिमिरेको काव्यिक क्षेत्रमा विशिष्ट पहिचान छ । उनका ‘काँडाकाँडामा टेकेर’ र ‘कठघरामा उभिएर’ नेपाली कविता साहित्यका चर्चित कृति हुन् । 

उनको तेस्रो कृति ‘हुरीको इन्द्रेणी उक्लेर’ माया पब्लिकेसनले प्रकाशनमा ल्याएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  २२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro