site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘गणेश रसिक : अभ्यर्थना ग्रन्थ’ लोकार्पित

काठमाडौं । भोजपुर सेवा समाजले नेपाली कला, साहित्य र संगीतमा समर्पित व्यक्तित्व गणेश रसिकको अभिनन्दन गरेको छ ।

अग्रज सर्जक रसिकको ७९औँ जन्मदिनको अवसर पारेर सेवा समाजसहित भोजपुर जिल्लासँग जोडिएका ३०  वटा संघ संस्थाले ‘भोजपुर गौरव’को विशेषणसहित अभिनन्दन गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रमका प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अग्रज साहित्यकार, गीतकार संगीतकार तथा गायक गणेश रसिकलाई ताम्रपत्र प्रदान गर्दै अभिनन्दन गरिन् । 

सोही अवसरमा रसिकका विषयमा लेखिएका आलेखहरूको संग्रह ‘गणेश रसिक : अभ्यर्थना ग्रन्थ’को पनि लोकार्पण गरियो । पूर्वराष्ट्रपतिले ग्रन्थ लोकार्पण गरिन् ।

उक्त अवसरमा समाजका अध्यक्ष पासाङ्गदोर्जी शेर्पा, संगीतकार बुलु मुकारुङ्ग, ग्रन्थका सम्पादक सुदर्शन श्रेष्ठ, गीतकार एसपी कोइराला लगायतले बोलेका थिए । 

कार्यक्रममा गणेश रसिकद्वारा सिर्जना गरिएका तीन वटा गीतहरू विभिन्न कलाकारहरूले गाए ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  २३:१७
प्रतिक्रिया दिनुहोस्