site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
टुकुचामाथि बनेका भवनको ‘वैधानिक प्रमाण’ खोज्दै बालेन, बहस चलाउने तयारी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नेतृत्वले टुकुचामाथि बनेका भवनको वैधानिक प्रमाण खोजी गरिरहेको छ । महानगरले विभिन्न निकायसँगको समन्वयमा सम्भावित क्षेत्रमा उत्खनन जारी राखेको हो । 
महानगरको टोलीले शनिबार कमलादीस्थित लक्ष्मी बैंक नजिकै उत्खनन् गर्दा टुकुचा खोला भेटियो । करिब १२ फिटको खाल्डो खन्दा टुकुचाको अवशेष भेटाएको हो । 

महानगरले यसअघि पनि जय नेपाल हलको कम्पाउन्डमा उत्खनन् गर्दा पनि १५ फिट मुनि टुकुचा भेटाएको थियो । 

महानगरले टुकुचालाई खुला रुपमा बग्न दिने बताइरहेको छ । तर महानगरको टुकुचा अध्ययन टोलीले टुकुचामाथि बनेका भवनको वैधानिक प्रमाण खोजी गरिरहेको पाइएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले टुकुचा कुन ठाउँबाट कसरी बग्छ भन्ने कुरा नै अनुसन्धानको विषय बनेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“टुकुचा कुन ठाउँबाट कसरी बग्छ, कहिले कसरी टुकुचामाथि ठूला–ठूला भवन बने, पहिले पनि जमिनमुनिबाटै टुकुचा बग्ने वा नबग्ने कुरा अध्ययन अनुसन्धान भइरहेको छ । त्यसपछि रोडम्याप तयार हुन्छ,” उनले भने, “यस विषयमा बहस चल्नु पर्छ । त्यसपछि मात्रै कुन तरिकाबाट अघि बढ्ने भन्नेबारे खुल्छ ।”  

प्रवक्ता मानन्धरका अनुसार कानुनी वैधानिकता, आधिकारिकता प्रमाणितका विषयमा विभिन्न निकायसँग छलफल भइरहेको छ । सहरी विकास मन्त्रालय, सहरी विकास आयोजना, घरधनी, नापी विभाग र मालपोत कार्यालयको समन्वयमा अध्ययन भइरहेको उनले जानकारी दिए । 

Global Ime bank

धेरै वर्ष पहिलेदेखि टुकुचा जमिन मुनि नै बगिरहेको वा पछि अतिक्रमणमा परेको भन्नेबारे पनि अध्ययन भइरहेको प्रवक्ता मानन्धरले बताए । 

“टुकुचाको इतिहास, मुहान, प्रयोजनलगायत विभिन्न विषयमा घरधनी, महानगर र सरोकारवाला मन्त्रालय विभागबीच बहस नै चलाउने भन्ने छ,” प्रवक्ता मानन्धरले भने । 

टुकुचामाथि ठूला ठूला सरकारी तथा गैरसरकारी विल्डिङ्समेत बनेका छन् । 

महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले अवैध संरचनामा डोजर चलाउने क्रममा टुकुचा अतिक्रमण भएकोबारे स्थानीयबाटै निवेदन परेको थियो । सो निवेदनका आधारमा टुकुचा खोज्ने योजना बालेनले बनाएको स्रोत बताउँछ ।

साउन १२ गते महानगरले ३५ दिने सूचना जारी गर्दै टुकुचा मिचेर बनाएका अवैध संरचना हटाउन अल्टिमेटम जारी गरेको थियो । 

हाल टुकुचा खोजीको लागि वडा वडाबाट महानगर विवरण संकलन गरिरहेको छ । टुकचा नक्सामा देखिँदैन ।

नक्सामा नदेखिएको टुकुचा कहिलेदेखि यस्तो भने भन्नेबारे पनि अध्ययन भइरहेको छ ।  

टुकुचा खोला मिचिएको सम्भावित क्षेत्रमा उत्खनन् गर्दै जाने र विभिन्न निकायसँगको छलफलमा म्यापिङ गर्दै अघि बढ्ने योजना महानगरको छ । 

खोला वरपर चार मिटर कायम गर्ने गरी टुकुचा खोलालाई खुला बनाइँदै लैजाने भनिए पनि तत्काल डोजर चलाउन सकिने अवस्था नरहेको महानगरले जनाएको छ । 

वडा नम्बर ४ स्थित निर्मल निवास पछाडिबाट सुरु भएको टुकुचा खोला नारायणहिटी राजदरबार, जय नेपाल हल, न्यु प्लाजा, पुुतलीसडक, कमलादी क्षेत्रस्थित काठमाडौं प्लाजा हुँदै बग्छ । 

त्यस्तै बालुवाटार चिनियाँ दूतावासको पर्खाल सकिनेबित्तिकै उत्तरतर्फ लाग्दा टुकुचा छोपेर मान्छे हिँड्ने पेटी बनाइएको छ । टुकुचा हाल बीच–बीचमा जमिन मुनि बग्छ । 

प्रदर्शनीमार्गको केहीस्थानमा टुकुचा देखिन्छ । त्यसपछि केही स्थानमा गायब भएर थापाथलीस्थित वाग्मती नदीमा मिसिन्छ । 

टुकुचा वडा नम्बर ४,३, २, १ २८ र ११ हुँदै वाग्मती नदीमा मिसिन्छ । टुकुचाबारे यसअघि पनि विभिन्न निकायले अध्ययन गरिसकेका थिए । तर कुनै निष्कर्षमा नपुग्दा कुनै पनि काम अगाडि बढ्न सकेको थिए । 

टुकुचामाथि ५८१ कित्ता जग्गामा घर तथा भवनहरु बनाइएको खुलेको छ । तर घरधनी नै दोषी हुन् कि होइनन् भन्ने प्रमाण खोजीको विषय बनेको महानगरका एक उच्च अधिकारी बताउँछन् ।

सहरी विकास मन्त्रालयले टुकुचा खोला करिडोर व्यवस्थापनसम्बन्धी प्रतिवेदन महानगरले स्वीकार गरिसकेको छ । सोही प्रतिवेदनका आधारमा टुकुचा उत्खनन् गरिरहेको भइरहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement