site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षक आन्दोलनसँगै विधेयकको दफावार छलफललाई तीव्रता दिँदै समिति

काठमाडौं । शिक्षा ऐन जारी गर्न शिक्षकहरूको दबाबमूलक आन्दोलन चर्किएपछि संसदीय समितिले शिक्षा विधेयकमाथिको दफावार छलफललाई तीव्रता दिएको छ ।

प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले उपसमिति गठन गरी विधेयकमाथिको दफावार छलफललाई तीव्र रुपमा अघि बढाएको हो ।

विद्यालय शिक्षा विधेयक २०८० माथि छलफल गर्न समितिले सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिलाई कार्य प्रारम्भ गरेको ३५ दिनभित्र दफावार छलफल टुंग्याई समितिसमक्ष प्रतिवेदन पेस गर्न कार्यादेश छ ।

विधेयकको दफावार छलफलका निम्ति गठित उपसमितिको चैत १८ गतेयता निरन्तर बैठक बसिरहेको संयोजक विश्वकर्माले जानकारी दिए । बुधवबारसमेत गरी आठपटक बैठक बसेको र समितिले दिएको समयसीमाभित्र छलफल टुंग्याउनेगरी छलफल अघि बढाइएको उनले बताए ।

“हामीलाई दिइएको समयसीमाभित्र कार्यसम्पन्न गर्ने कार्यतालिका छ, ३५ दिनभित्रै दफावार छलफल सक्ने गतिमा छौँ,” सांसद विश्कर्माले बाह्रखरीसित भने ।

विद्यालय शिक्षा विधेयकमा १६३ दफा छन् । एक हजार ७५८ वटा संशोधन प्रस्ताव परेको विधेयकका सम्बन्धमा यसअघि समितिले सातै प्रदेशका सरोकारवालाबाट राय सुझाव संकलन गरी प्रतिवेदन तयार पारिसकेको छ ।

समिति सभापति अम्मरबहादुर थापा आगामी असारसम्ममा विधेयकलाई ऐनको रूप दिनेगरी सदनमा पेस गर्न सकिने बताउँछन् । शिक्षा विधेयकलाई ऐनको रूपमा जारी नगरेसम्म आन्दोलनमै रहने अडानका साथ बुधबार सातौँ दिन पनि शिक्षकहरू सडकमै छन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  २०:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro