site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गृहमन्त्रीले लिए तीनकुने घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं । गृहमन्त्री रमेश लेखकले तीनकुने घटनाका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बुधबार साँझ काठमाडौंका विभिन्न अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

गृहमन्त्री लेखकले घाइतेहरूको उपचारको व्यवस्था सरकारले मिलाउने बताए । “मन्त्रिपरिषद्को बैठकले पनि तीनकुने घटनाका घाइतेहरूलाई सरकारले उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ, उनले भने, “अस्पतालले घाइतेको उपचार निःशुल्क गरेको वा नगरेकोबारे बुझ्न आएको छु ।”

उनले बिरामीका आफन्तले आफैँले खर्च गरिसकेको बिलको प्रमाणीकरण अस्पतालले गर्ने र त्यसको भुक्तानी सरकारले गर्ने पनि जानकारी दिए । “अहिले बाहिरबाट औषधि किनेर खर्च गरे पनि त्यो खर्च गरेको बिल अस्पतालमार्फत स्वास्थ्य मन्त्रालयमा जान्छ, र त्यो बिल बराबरको भुक्तानी सरकारले गर्छ ।”

पूर्वराजावादीले राजसंस्था पुनर्स्थापनाका लागि चैत १५ गते तीनकुने क्षेत्रमा गरेको प्रर्दशनपछि भएको झडपमा दुईजनाको मृत्यु भएको थियो । हाल उपत्यकाका विभिन्न अस्पतालमा गरी पाँच घाइते उपचाररत छन् ।

त्यसैगरी मन्त्री लेखकले जनकपुरमा भएको आन्दोलनमा घाइते भएका संजय यादवको समेत स्वास्थ्य अवस्थाबारे जानकारी लिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । यादव गत चैतको पहिलो सातादेखि राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १९:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro