site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रदेश सरकारको बजेटमा काकरभिट्टामा बन्यो प्रहरी कार्यालय भवन 

विराटनगर । झापाको मेचीनगर नगरपालिका–६ स्थित इलाका प्रहरी कार्यालय काकरभिट्टाको नवनिर्मित कार्यालय भवनको उद्घाटन भएको छ । 

शुक्रबार एक कार्यक्रमबीच प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको जिउधन सुरक्षाको जिम्मेवारी लिएर बसेको प्रहरी सुरक्षित भएमा नागरिक सुरक्षित हुने हुँदा प्रहरी बस्ने भवन सुरक्षित र व्यवस्थित हुनु पर्नेमा जोड दिए । “त्यसमाथि सीमा क्षेत्रमा विशेष सुरक्षा अपनाइयो भने काठमाडाैं पनि सुरक्षित हुन्छ, देशका अन्य भाग पनि सुरक्षित हुन्छन्,” मन्त्री कार्कीले भने, ”सीमामा रहेको चौकीमा गरिने व्यवहारले नै देशको परिचय सुरु हुन्छ । त्यसकारण सीमा क्षेत्रमा अपराधीहरूको खुट्टा काँप्नुपर्छ र सर्वसाधरणको छाती फुक्नुपर्छ ।”

मन्त्री कार्कीले सङ्घीयता आएपछि प्रदेशका विभिन्न ठाउँमा प्रहरी चौकीहरू निर्माण गरेको र कतिपय ठाउँमा निर्माणको चरणमा रहेको बताए । “पहिले केन्द्रीकृत मानसिकता रहेको थियो, प्रदेश संरचना आएपछि विकास छरिएको छ । अर्कोतर्फ अझैँ केन्द्रको केन्द्रीकृत मानसिकता भए पनि नागरिकको सुरक्षाका लागि प्रदेश सरकारले काम गरिरहेको छ,” उनले भने ।

सो भवन प्रदेश नं. १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजन भएको २ करोड ८३ लाख ३४ हजार ६ सय ४१ रुपैयाँ ६८ पैसाको लागतमा निर्माण भएको हो ।

सोही कार्यक्रममा १ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले सुविधा सम्पन्न भवनसँगै जोस र ऊर्जाका साथ सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधिको नियन्त्रण गरी नागरिकहरूको जिउधनको सुरक्षामा खटिन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  २०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro