site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नवाैँ राष्ट्रिय खेलकुद : विनोदकाे आक्रमक ब्याटिङमा आर्मीको जित
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । विनोद भण्डारीको आक्रमक अर्धशतकप्रेरित त्रिभुवन आर्मी क्लबले बुधबार नवौँ राष्ट्रिय खेलकुदको क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई १३ रनले पराजित गरेको छ । 

जितसँगै आर्मी समूह ‘ए’को विजेता बन्दै अन्तिम चारमा स्थान बनाएको छ । हारकाे बाबजुद नेपाल पुलिस क्लब उपविजेता बन्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको छ ।

त्रिभुवन आर्मीले अब फाइनल प्रवेशका लागि समूह ‘बी’को उपविजेता सुदूरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ भने पुलिस क्लबले समूह ‘बी’ विजेता एनआरएनए स्पोर्ट्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

वर्षाले प्रभावित हुँदा प्रतियोगितामा समूह चरणका २५ मध्ये ९ खेलको मात्र नतिजा सम्भव भयो । बाँकी एक खेलबाहेक अन्य खेलमा एक बल पनि खेल्न सम्भव भएन । समूह ‘बी’का बागमती प्रदेश र एपीएफ क्लब एक खेल पनि नखेलेर प्रतियोगिताबाट बाहिरिए ।

प्रतियोगितामा सहभागी ११ मध्ये ९ टोलीले एक बल पनि खेल सम्भव नभएको खेलका तालिका परिवर्तन गर्नका लागि अनुरोध गरेको थियो । तर, नेपाल क्रिकेट संघ (क्यान)ले सबै टोली सहमत नभएकाले तालिका परिवर्तन नहुने स्पष्ट पारेको छ ।

Global Ime bank

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित १९ ओभरमा ५ विकेट गुमाएर १७७ रन बनाएको थियो । वर्षाका कारण एक ओभर छोट्याइएको हो । १७८ रनको लक्ष्य पछ्याएको नेपाल पुलिसले ८ विकेट गुमाएर १६४ रनमात्र बनाउन सक्यो । 

आर्मीका लागि ओपनर अर्जुन साउदले ५३ रन बनाए । साउदले ३४ बलमा ७ चौका र २ छक्का प्रहार गरे । कप्तान विनोदले २९ रनमा २ चौका र ७ छक्कासहित अविजित ६६ रन बनाए । भिम सार्कीले १५ रन बनाउँदा रोहितकुमार पौडेल र राजेश पुलामीले समान १४ रन जोडे । 

पुलिस क्लबका करण केसीले दुई विकेट लिए भने गुल्सन झा र ललित राजवंशीले एक/एक विकेट लिए । 

१७८ रनको लक्ष्य पछ्याएको नेपाल पुलिसका आरिफ शेखले सबैभन्दा धेरै ४० रन बनाए । सुनिल धमलाले २७, दीलिप नाथले २३, कप्तान दीपेन्द्रसिंह ऐरीले २१ रन बनाए । योगेन्द्रसिंह कार्कीले १४ र पवन सर्राफले १३ रन जोडे । 

शाहब आलम र सोमपाल कार्मीले समान दुई विकेट लिए भने जितेन्द्र मुखिया र सुशन भारीले एक एक विकेट लिए । 
समूह ‘ए’ को अर्को खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ८ रनले पराजित गर्‍याे । कर्णाली र नेपाल पुलिसको समान ६ अंक भए पनि रनरेटमा कर्णाली पछि परेको हो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement