site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अघि बढेको छ : प्रधानमन्त्री
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अघि बढिरहेको बताएका छन् । 

बिहीबार काठमाडौंमा जाउँ हिँड रेसुंगा अभियानको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले समृद्धिले नै विकासका बहुआयामिक सम्भावनाहरूको नेतृत्व गर्ने बताए । सानो लगानीमा राम्रो प्रतिफल हासिल गर्ने क्षेत्र पर्यटन भएको उनको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले पर्यटन क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि बताए । गुल्मी जिल्ला र रेसुंगा क्षेत्र समृद्धिको प्रचुर सम्भावना बोकेको क्षेत्र भएको पनि उनको भनाइ छ । पर्यटन क्षेत्रको विकासमा तीन तहकै सरकारको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

"वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अघि बढिरेको कुरा अवगत नै छ । त्यसमध्ये समृद्धि नै त्यस्तो क्षेत्र हो, जसले विकासका बहुआयामिक सम्भावनाहरूको नेतृत्व गर्दछ । गुल्मी जिल्ला र रेसुंगा क्षेत्र समृद्धिको प्रचुर सम्भावना बोकेको अत्यन्तै महत्त्वपूर्ण क्षेत्र हो । त्यसमध्ये सानो लगानी र राम्रो प्रतिफल हासिल गर्ने क्षेत्र पर्यटनको विकास नै हो । तसर्थ सरकारले उच्च प्राथमिकतामा राखेको समृद्धिको विषयमा केन्द्रित रहेर महत्त्वपूर्ण कार्यक्रम आयोजना गर्नुभएकोमा यहाँहरूलाई धन्यवाद ज्ञापन गर्दछु," प्रधानमन्त्रीले भने ।

Global Ime bank

प्रधानमन्त्री प्रचण्डले रेसुंगा धार्मिक, ऐतिहासिक, पौराणिक, सांस्कृतिक र पर्यटकीय सम्पदा भएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय