site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सत्यनिरूपण तथा मेलमिलाप आयोगमा ६३ हजार ७१८ उजुरी, दुई हजार २६८ तामेलीमा

काठमाडौं । सत्यनिरूपण तथा मेलमिलाप आयोगमा ६३ हजार ७१८ उजुरी परेका छन् । बिहीबार सिंहदरबारमा बसेको संसद्को संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगका सचिव उदयराज सापकोटाले यसबारेमा जानकारी गराएका हुन् । 

उनका अनुसार एउटै घटनाको उजुरी धेरै छन् । जिल्लाको तहमा हेर्दा सल्यानमा पाँच हजार ५०२ वटा उजुरी परेको जानकारी दिएका उनले अछाम र कपिलवस्तुमा चार हजारभन्दा बढी उजुरी परेका छन् । तीन हजारभन्दा माथि उजुरी भएको जिल्ला एउटा र दुई हजारभन्दा माथि उजुरी भएका एउटा जिल्ला रहेको उनको भनाइ छ । सचिव सापकोटाका अनुसार एक हजारमाथि उजुरी भएका जिल्लाको संख्या १३ रहेको छ । 

“हामीसँग ६३ हजार ७१८ वटा छन् । एउटै घटनाको उजुरी पनि थुप्रै छन् । एउटा घटनाको एक हजार, १० हजार, १५ हजार पनि उजुरी हुनसक्छ । उजुरी भन्दा पनि घटनाका विषयहरुलाई हामीले हेरेर जानुपर्छ । जिल्लावाइजको उजुरीमा जाँदा पाँच हजारभन्दा बढी एउटै जिल्लामा पनि उजुरी भएको अवस्था छ । सल्यानमा पाँच हजारभन्दा बढी उजुरी रहेका छन् । पाँच हजार ५०२ उजुरी छन्,” उनले भने, “अछाम र कपिलवस्तुमा चार हजारभन्दा बढी उजुरी छन् । तीन हजारभन्दा माथि उजुरी भएको जिल्ला एउटा र दुई हजारभन्दा माथि उजुरी भएका एउटा छ । एक हजार माथि १३ वटा छन् । एक हजार भन्दा मुनिका अरु उजुरीहरू छन् ।” 

उनले सामान्य प्रकृतिका उजुरीको संख्या बढिरहेको जानकारी दिए । उनले अहिले दुई हजार २६८ उजुरीहरू तामेलीमा राखेको र केही उजुरी पुनः जगाउन पाउँ भनेर निवेदन आएको जानकारी दिए ।  “हामीले अहिले २ हजार २६८ उजुरीहरु तामेलीमा राखेका छाैँ । केही तामेलीबाट पुनः जगाउन पाउँ भनेर निवेदन आएको छ । परिचय पत्र वितरण ६१८ वटा गरेका थियौँ,” सचिव सापकोटाले भने । 

मेलमिलाप हुनसक्ने खालका घटनाहरू मेलमिलापकै रूपमा जानपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro