site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
करोडौँ मानिसको बीचमा छु, तर एक्लो महसुस हुन थालेको छ : प्रचण्ड
फाइल तस्बिर।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाखौँ करोडौँ मानिसका बीचमा रहे पनि अहिले एक्लो महसुस हुन थालेको बताएका छन् । 

मंगलबार काठमाडौंमा माओवादी केन्द्रका नेता सुदन किरातीको जेल जीवनको अनुभवमा आधारित पुस्तक ‘पल पलको मृत्यू’को लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले एक्लो महसुस भएको बताएका हुन् । 

Agni Group
NIC Asia

जनयुद्धका बेला सिंगो मानव जातिको लागि काम गरेको अनुभूति भएको भए पनि अहिले एक्लो महशुस हुन थालेको उनले बताए । 

प्रचण्डले जीवनको बोध हुन छोडेको र स्वार्थका लागि काम गरिरहेका त छैनौँ ? भन्ने अनुभूति हुन थालेको समेत जिकिर गरे । अहिलेको अवस्था जे–जस्तो भए पनि समाजवादको यात्रा भने अहिले पनि नछाडेको उनले बताए । 

Global Ime bank

प्रचण्डले जनयुद्ध र शान्ति सम्झौतासँग सम्बन्धित हजारौँ यथार्थमा आधारित पक्ष रहे पनि यथार्थमा उत्खनन् हुन नसकेको र यसको महत्वलाई बुझाउन नसकिएको धारणा राखे । 

आधुनिक नेपाल निर्माणमा जनयुद्धको महत्वलाई कसैले भूल्न नहुने प्रचण्डको भनाइ छ । उनले युद्धमा सहभागीहरुलाई जति शान्तिको महत्व अरुलाई नहुने टिप्पणी पनि गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  १७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu