site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनताले पत्याएनन् गण्डकीको ‘हेलो मुख्यमन्त्री’ कार्यक्रम
SkywellSkywell

पोखरा । सुशासन कायम गर्न, प्रदेश सरकारअन्तर्गतका विषयवस्तुबारे सुझाव, प्रतिक्रिया र गुनासो सुन्ने भन्दै गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘हेलो मुख्यमन्त्री’ कार्यक्रम निष्क्रिय बनेको छ । २०७५ भदौ ४ गते नेकपाका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुरु गरेको यो कार्यक्रमले जनताको विश्वास जित्न सकेन ।

अन्तिमपटक ८ महिनापछि भदौ २० गते वेबसाइटमा बल्ल एउटा गुनासो आएको छ । त्यो पनि मन्त्रालयको साइट नचलेको सम्बन्धमा । पोखरा १५ का विवेक आचार्यले वेबमार्फत 'भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशको वेबसाइट खोल्दा विवरण केही पनि नदेखिएको र त्यहाँको विवरण आवश्यक परेको छ । वेबसाइटको समस्या आज मात्र नभई पटकपटक देखिएको छ । के कारण ले होला ?' प्रश्न सोधेका छन् ।

दुई दिनपछि उक्त गुनासो भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाइएको भनेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जवाफ फर्काएको छ ।

KFC Island Ad
NIC Asia

जनताको गुनासो सिधै मुख्यमन्त्रीले सुन्ने भनेर सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा पनि यो कार्यक्रमलाई उल्लेख गरेको थियो । त्यतिबेला प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि नागरिकको गुनासोको सुनुवाइ र सम्बोधन गर्न ‘हेलो मुख्यमन्त्री’ विद्युतीय प्रणालीलाई स्थानीय तहसम्म विस्तार गरिने जनाएको थियो ।

चालु आर्थिक वर्षमा पनि सरकारले कार्यक्रमलाई छुटाएको त छैन, तर हेलो मुख्यमन्त्री कार्यक्रमको वेबसाइट हेर्दा जनताले पत्याएको अवस्था पनि छैन । यस वर्ष सरकारले 'मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको हेलो मुख्यमन्त्री कार्यक्रम, जनतासँग मुख्यमन्त्री कार्यक्रमलाई निरन्तरता दिँदै विशेष कक्ष सञ्चालन कार्यलाई सुदृढीकरण गरिने' भनेर उल्लेख गरिएको छ ।

Royal Enfield Island Ad

तर, झन्डै पहिलो त्रैमास बित्दा पनि जनताको गुनासो भने वेबसाइटमा देखिँदैन ।

गत सालको तथ्यांक हेर्दा पनि भदौको ७ गतेमात्रै २४ वटा गुनासो एकैदिन दर्ता भएका छन । त्यसबाहेक वेवसाइटमा अन्य गुनासाहरू छैनन् ।

जनताले १०९४ मा फोन गरेर पनि विभिन्न १९ प्रकृतिका गुनासाहरू टिपाउन सक्छन् । तर, अघिल्लो वर्ष प्रशासनिक, स्वास्थ्य, पर्यटन, पूर्वाधारलगायतका विषयमा सर्वाधिक गुनासाहरू दर्ता भएका थिए ।

तर, हालसम्म हेलो मुख्यमन्त्रीमा ७६४ गुनासाहरू दर्ता भएका छन् । ती मध्ये १६३ फर्स्योट हुनै बाँकी छ । दर्ता भएका कुन-कुन गुनासोहरू दर्ता भए भन्ने पनि वेबसाइटमा उल्लेख गरिएको छैन । 

‘अस्ट्राजेनेका भ्याक्सिन लगाएको दुई महिना बढी भइसक्यो, अब दोस्रो डोज पाइने हो कि होइन ?’ स्वास्थ्यसँग सम्बन्धित संवेदनशील यो गुनासोको प्रतिउत्तरमा गुनासो दर्ता भएको मात्र जनाइएको छ । त्यसको सम्बोधन, फर्स्योट भयो भएनबारे जानकारी पाइँदैन ।

हेलो मुख्यमन्त्री कार्यक्रममा नै नाम गोप्य राखिएका एक व्यक्तिले सबै मन्त्रालयप्रति गुनासो गरेका छन् ।

"वेबसाइटमा भएका नम्बरहरूमा फोन किन उठ्दैन ? मन्त्रालयका प्राजयसो र विभागका नम्बरसमेत उठ्दैन । यदि नउठाउने भए फोन नराखे हुन्छ," उनको गुनासो छ ।

उनको गुनासोले नै हेलो मुख्यमन्त्री कार्यक्रमले सुशासन प्रवर्द्धनदेखि जनतासँग कत्तिको नजिक भएर काम गरिरहेको छ भन्ने पुष्टि हुन्छ ।

यसको जवाफमा सबै मन्त्रालयलाई आवश्यक कारबारहीका लागि पठाइएको भनेर उल्लेख गरिएको छ । 

अस्पतालमा महिला बिरामीले स्यानिटरी प्याड, फोहोर शौचालयलगायतका प्रत्यक्ष जनतासँग जोडिएका विषयमा गुनासा गर्ने गरेका छन् । तर, मुख्यमन्त्री कार्यालयले सञ्चालन गर्ने यो कार्यक्रमले गुनासो विभागीय मन्त्रालयमा फरवार्ड गर्ने काम मात्र गरेको छ ।

कोरोना संक्रमित मुख्यमन्त्रीलाई गरिएको सम्बोधनसँग जोडेर स्वास्थ्यको विषयमा प्रश्न उठान गर्दा पनि उक्त गुनासो स्वास्थ्य मन्त्रालयमा पठाइएको भन्ने जवाफ दिइएको छ ।

२०७८ जेठ ६ गते शुक्लागण्डकीका सुजन पौडेलले आफू कोरोना संक्रमित हुँदा अस्पतालले ११ दिनको अक्सिजन चार्ज मात्र ६८ हजार ७५० रुपैयाँ र छुट्टै बिजुलीको पनि चार्ज लिएको भनेर गुनासो गरेका थिए ।

त्यसबाहेक उनले बेडको चार्ज दैनिक ७ सय र डक्टर राउन्ड चार्ज भनेर तीनहजार तिरेको उल्लेख गरेका छन् ।

सरकारको निर्देशिकामा के व्यवस्था छ ? मसँग लिएको रकम फिर्ता हुन्छ कि हुँदैन र अस्पताललाई कारबारी हुन्छ कि हुँदैन भनेर उनले स्वास्थ्य क्षेत्रको मनलाग्दीबारे गुनासो दर्ता गराएका थिए ।

उक्त गुनासो तीन महिनापछि बल्ल भदौ ७ गते दर्ता भयाे । तीन महिनापछि गुनासो दर्ता गर्दै जवाफ लेखियो, “तपाईंको गुनासो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रक्रियाका लागि पठाइएको छ ।”

हेलो मुख्यमन्त्री कार्यक्रममा जनताले गम्भीर र संवेदनशील विषय उठान गर्दा पनि तत्काल गुनासो दर्ता भएको पाइएको छैन । गुनासो दर्ता प्रक्रिया मै समय लागेपछि जनताले यो कार्यक्रमलाई पछिल्लो समय वास्ता नै गर्न छाडेका छन् ।

यो कार्यक्रमको नेतृत्व उपसचिवसरहका कर्मचारीले गर्ने भनेर कार्यविधिमा उल्लेख छ । बिहान ८ देखि साँझ ७ बजेसम्म तीन सिफ्टमा काम गर्ने, पहिलो कलमा नै फोन उठाउने, शिष्ट भाषामा कुरा गर्ने, गुनासो दर्ता गर्ने भनेर कार्यविधीमा स्पष्ट उल्लेख छ । यसबापत कर्मचारीले अतिरिक्त प्रतिदिन पाँचसय रुपैयाँ भत्ता पनि पाउँछन् ।

तर, प्रदेश सरकारले चासोमा राखेको यो कार्यक्रमप्रति जनताको चासो भने शून्य बन्न पुगेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro