site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्माण कम्पनीलाई धरौटी जफतको चेतावनी
प्रतीकात्मक तस्बिर।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

बनियानी । झापाको बिर्तामोड नगरपालिकाले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ । 

बिर्तामोडको नगर अस्पतालको भवन निर्माणको ठेक्का पाएको धुलिखेल निर्माण सेवालाई नगरपालिकाले सम्झौता अवधि सकिँदासमेत काम सम्पन्न नभएको जनाउँदै पत्राचार समेत गरेको छ ।   

KFC Island Ad
Dabur Nepal
NIC Asia

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न पत्राचार गरिएको जानकारी दिए । 

तीन दिनभित्र कार्यप्रगति नदेखिए सार्वजनिक खरिद ऐन, २०६४ अनुसार धरौटी जफत गरी कारबाही प्रक्रिया अघि बढाइने पत्रमा उल्लेख छ । निर्माण कम्पनीले विसं २०७९ असार १ गते भवन निर्माण सम्पन्न गर्ने गरी २०७७ असार ८ गते रु पाँच करोड ५० लाख सात हजार ७६० मा ठेक्का सम्झौता गरेको थियो ।

Royal Enfield Island Ad

“तोकिएको समयभित्र काम सक्न पटक–पटक लिखित र मौखिक जानकारी गराउँदासमेत कार्यप्रगति नदेखिएपछि यसपटक अन्तिम पत्र काटिएको छ,” प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने, “ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गर्दा समयमा काम भएन ।”

भवनमा प्लोरिङ, विद्युतीकरण (वाइरिङ), झ्यालढोका, रङरोगन, प्लम्बिङलगायतको काम बाँकी रहेको नगरपालिकाका इञ्जिनियर नरेन्द्र श्रेष्ठले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  ०७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro