site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विकासका नाममा हुने डोजर आतंक बन्द हुनुपर्छ : मन्त्री यादव
फाइल तस्बिर ।

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका नाममा हुने डोजर आतंक बन्द हुनुपर्ने बताएका छन् । पछिल्लो समय विकासका नाममा जथाभावी डोजर प्रयोग गरी जंगल विनास गर्दा बाढीपहिरोको जोखिम बढ्दै गएकाले जंगल तथा डाँडाकाँडा भत्काउने तथा मास्ने कार्य तत्काल बन्द हुनुपर्ने उनले बताए ।

उनले भने, “सडक चाहियो भन्दैमा डोजर लाएर जंगल मासेर डाँडा भत्काउने काम अब रोक्नुपर्छ । जथाभावी डोजर प्रयोग गर्दा कति विनास हुँदै छ, त्यसको ख्याल गरेर मात्रै डोजर प्रयोग गर्न आवश्यक छ ।”

उनले शिक्षा, सडक, विद्युत् आजको प्रमुख आवश्यकता भए पनि जथाभावी डोजर प्रयोग गरेर सडक बनाउँदा विकाससँगसँगै विनास निम्त्याएको उल्लेख गरे ।

“म विकासको विरोधी होइन । तर, विकास गर्ने नाममा विनास ननिम्तियोस्,” उनले भने, “हामीले गरेका विकासले दीर्घकालीन रूपमा सेवा देओस् । तर, हाम्रा विकासले विनासको जोखिम नल्याओस् ।”

जलवायु परिवर्तनका कारण विश्वभरिमा विभिन्न घटनाक्रम बढ्दै गइरहेकाले नेपालले पनि अब जलवायु परिवर्तनका क्षेत्रमा सचेत भएर काम गर्नुपर्ने उनको भनाइ थियो ।

विशेषगरी नेपालका पहाडी क्षेत्रमा पछिल्लो समय डाँडाकाँडा भत्काउनका लागि तीनै तहका सरकारतर्फबाट डोजर प्रयोग गर्दै आइएकाले त्यसलाई रोक्न कडा कानुनको व्यवस्था आवश्यक रहेको र उक्त कार्य रोक्नुपर्नेमा मन्त्री यादवको जोड थियो । सडकलगायत विकास गर्दा विज्ञसँगको राय–सुझाव तथा सल्लाहअनुसार काम गर्नुपर्ने मन्त्री यादवको भनाइ थियो । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  १८:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro