site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नागरिकतासम्बन्धी विधेयकमा किचलो गर्न राष्ट्रपतिलाई उक्साउनेहरू देशमा निर्वाचनकै बेला भाँडभैलो गर्ने नियतबाट प्रेरित देखिन्छन् । संसद्ले दोस्रोपटक पठाएको विधेयक प्रमाणीकरण गर्नुबाहेक राष्ट्रपतिसँग संवैधानिक विकल्प छैन ।
 
संसद्ले प्रमाणीकरणका लागि पठाएको विधेयक एकपटक पुनर्विचारका लागि फिर्ता पठाउने अधिकार नेपालको संविधानले नै राष्ट्रपतिलाई दिएको छ । त्यसरी फिर्ता आएको विधेयक  संसद्ले दोस्रोपटक पठाउँदा भने प्रमाणीकरण गर्नैपर्ने संवैधानिक प्रावधान छ । 
 
नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट फिर्ता गरिएपछि फेरि विधिवत् दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि पठाइएको हो । त्यस्तो विधेयक संविधानतः १५ दिनभित्र राष्ट्रपतिबाट प्रमाणित गर्नैपर्ने हुन्छ ।
 
देशमा प्रतिनिधि सभा र प्रदेश सभाहरूको निर्वाचन घोषणा भइसकेको छ । संविधानमा स्पष्ट उल्लेख नभए पनि उमेदवार मनोनयनपछि प्रतिनिधि सभा र प्रदेश सभाहरू नरहने जानकारी गराइएको छ ।
 
यस्तो अवस्थामा राज्यको कुनै एउटा अङ्गले सन्तुलन बिगार््यो भने देश संवैधानिक सङ्कटमा पर्न सक्छ । यसैले राष्ट्रपति वा अरू कुनै अङ्गका पदाधिकारी पनि बढी चनाखो र संवेदनशील हुनु आवश्यक देखिन्छ ।
 
पक्कै पनि राष्ट्रपतिले राखेका प्रश्नहरूको सम्बोधन गरिएको भए अझ राम्रो हुनेथियो । तर, संवैधानिक व्यवस्थालाई राष्ट्रपतिले प्रतिष्ठाको विषय बनाएर देशलाई अनावश्यक संवैधानिक द्वन्द्वमा धकेल्नु आत्मघाती हुनेछ ।
 
अहिले राष्ट्रपतिलाई संवैधानिक प्रावधान मिच्न उक्साउनेहरूमध्ये जुनसुकै आवरणका भए पनि अधिकांश संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी देखिन्छन् । यसैले तिनको नियत संसद् पनि नहुने अवस्था पारेर संवैधानिक देशमा सङ्कट खडा गर्नु हुनसक्छ ।
 
राष्ट्रपतिले पहिलोपटक विधेयक फर्काउँदा केही अत्यन्त महत्त्वपूर्ण विषय उठाएकी छन् । संसद् र जनमानसमा ती विषयहरूले अभिलिखित भइसके । यसैले विधेयकको नकारात्मक कुनै पक्षको पनि राष्ट्रपति विद्यादेवी भण्डारी दोषभागी हुनुपर्दैन ।

संविधानले नै राष्ट्रपतिलाई विधेयक प्रमाणित गर्न १५ दिनको समय दिएको छ । त्यसभन्दा पहिले कसैले पनि राष्ट्रपतिको नियतमा प्रश्न गर्नु मूर्खतापूर्ण दुश्चेष्टा हुनजान्छ । सत्ता गठबन्धनका नेताहरूले त पनि संवैधानिक सीमाको सम्मान गर्नुपर्छ ।
 
अहिले राष्ट्रपतिलाई नागरिकतासम्बन्धी विधेयकविरुद्ध उक्साउनेहरू यो देश र अहिलेको शासन प्रणालीका वैरी हुन् । यस्तै, षड्यन्त्रको सिद्धान्तमा विश्वास गरेर राष्ट्रपतिलाई धम्की दिने वा उनको नियतका शङ्का गरेर जिस्क्याउनेहरू पनि देश र व्यवस्थाका शुभचिन्तक होइनन् । 
 
यसैले राष्ट्रपति भण्डारीले संवैधानिक प्रावधानको अक्षरशः पालना गर्ने अपेक्षा देशले गरेको छ । राष्ट्रपतिलाई उक्साउने र जिस्क्याउने दुवै तत्त्व देशमा संवैधानिक सङ्कट उत्पन्न गर्न चाहन्छन् । 

संविधानबाटै यसको ‘पालक र रक्षा’को दायित्व पाएकी राष्ट्रपति संवैधानिक सङ्कट गर्ने कारक बन्नेछैनन् भन्ने विश्वास गरौँ । कारण, संवैधानिक सङ्कट खडा गरेर राष्ट्रपतिलाई पनि कुनै लाभ जो हुँदैन । यसैले राष्ट्रपतिको नियतमा सन्देह नगर !
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement