site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
चन्द्रमाको टाढाको भागमा पनि भएको थियो ज्वालामुखी विस्फोट

न्युयोर्क । हामीले देख्न सक्ने भागमा जस्तै चन्द्रमाको रहस्यमय टाढाको भागमा पनि अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको नयाँ अनुसन्धानले पुष्टि गरेको छ ।

अन्वेषकहरूले चीनको चाङ्ग’ई–६ ले फिर्ता ल्याएको चन्द्रमाको माटोको विश्लेषण गरेका थिए । यो थोरै अन्वेषण गरिएको टाढाको छेउबाट चट्टान र माटो लिएर फर्केको पहिलो अन्तरिक्ष यान हो ।

दुई अलग–अलग टोलीले लगभग दुई अर्ब ८० करोड वर्ष पुराना ज्वालामुखीय चट्टानका टुक्राहरू फेला पारेका थिए । एउटा टुक्रा अझै पुरानो थियो । यसको उमेर चार अर्ब २० करोड वर्ष थियो ।

Dabur Nepal
NIC Asia

“यस क्षेत्रबाट नमुना प्राप्त गर्न साँच्चै महत्त्वपूर्ण छ किनकि यो त्यस्तो क्षेत्र हो जसको बारेमा हामीसँग कुनै तथ्यांक छैन,” अनुसन्धानमा संलग्न नभएका एरिजोना विश्वविद्यालयका ग्रहीय ज्वालामुखी विशेषज्ञ क्रिस्टोफर ह्यामिल्टनले भने ।

पृथ्वीबाट देखिने चन्द्रमाको नजिकको भागमा यस्तै समय अवधिमा सक्रिय ज्वालामुखीहरू थिए भन्ने वैज्ञानिकहरूलाई थाहा छ ।

नासाको लुनार रेकोनेसेन्स अर्बिटर लगायतका पूर्व अध्ययनहरूले टाढाको भागमा पनि ज्वालामुखीय इतिहास हुनसक्ने संकेत गरेका थिए । पृथ्वीबाट टाढा रहेको त्यस क्षेत्रबाट लिइएका पहिलो नमूनाहरूले सक्रिय इतिहासको पुष्टि गर्दछन् । यी नतिजाहरू शुक्रबार नेचर एन्ड साइन्स जर्नलमा प्रकाशित भएका थिए ।

चीनले चन्द्रमामा धेरै अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । सन् २०२० मा चाङ्ग’ई–५ अन्तरिक्ष यानले नजिकको भागबाट चन्द्रमाका चट्टानहरू फिर्ता ल्याएको थियो । यो नासाका अपोलो अन्तरिक्षयात्री र सोभियत संघका अन्तरिक्षयानले सन् १९७० को दशकमा संकलन गरेपछिको पहिलो थियो । चाङ्ग’ई–४ अन्तरिक्षयान सन् २०१९ मा चन्द्रमाको टाढाको भागमा पुग्ने पहिलो यान बनेको थियो ।

चन्द्रमाको टाढाको भाग क्रेटरहरूले भरिएको छ र नजिकैको समतल, अँध्यारो मैदानहरू लाभा प्रवाहद्वारा कुँदिएका छन् । अध्ययनका सह–लेखक चिनियाँ एकेडेमी अफ साइन्सेसका क्यु–ली लीका अनुसार यी दुई भाग किन यति फरक छन् भन्ने कुरा अझै रहस्य नै छ ।

लीका अनुसार नयाँ खोजहरूले चन्द्रमाको टाढाको भागमा एक अर्ब वर्षभन्दा बढी समयसम्म भएका ज्वालामुखी विस्फोटहरूको जानकारी दिन्छन् । भविष्यको अनुसन्धानले यो गतिविधि कसरी यति लामो समयसम्म टिक्यो भन्ने कुरा निर्धारण गर्नेछ । रासस/एपी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro